असारको १४ दिनमा सुदूरपश्चिम दुई हजार ४५ जना सङ्क्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई हप्तामा कोरोना सङ्क्रमितको सङख्या ह्वात्तै बढेको छ । असारको १४ दिनमा मात्रै दुई हजार ४५ जना सङ्क्रमित थपिएका छन् ।

जेठ ३२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङख्या दुई सय ६४ रहेकोमा असारको १४ दिनमा थप दुई हजार ४५ जनामा सङ्क्रमण पुष्टि भएका हो । योसँगै सङ्क्रमितको सङख्या बढेर दुई हजार तीन सय ९ पुगेको छ । असारमा थपिएका सङ्क्रमित कुल संक्रमितमध्येको साढे ८८ प्रतिशत हो ।

संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते दुई सय ३८ जना, ५ गते एक सय ६६ जना, ६ गते एक सय ६३ जना, ७ गते ७६ जना र ८ गते एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै ९ गते एक सय १६ जना र १० गते दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी असार ११ गते ११८ जना, असार १२ मा २१९ जना असार १३ मा २२८ जना र असार १४ मा १९५ जनामा कोरोना देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङख्या दुई हजार तीन सय ९ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ६ सय एक जनामा कोरोना पुष्टि भएको छ । डोटीमा चार सय १०, बाजुराका तीन सय १६, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २६, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका ६ जनाको ज्यान गइसकेको छ भने ६ सय २८ जना निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सम्बन्धित

Comments are closed.