महेन्द्रनगर । डोटीको बोगटानमा आइतबार जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बोगटान फुड्सिल गाउँपालिका ३ कानाचौरबाट सिलगढीतर्फ आउँदै गरेको सु.प.प्र.०३ –००१ च ००१४ नम्बरको जीप कानाचौरको धौलाबस्ती नजिकै ढुङ्गाझडे भन्ने स्थानमा दिउँसो करिब साढे १२ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ३ मेल्टा घर वर्ष ६६ कि जुनधारा साउँद, वर्ष २१ कि शारदा साउँद, वर्ष १७ कि सिता साउँद र अन्दाजी ३०÷३१ वर्षका जीप चालक तीर्थ बोगटी रहेका छन् ।
घाइतेमध्ये जुनधारा र शारदाको अवस्था गम्भीर रहेको स्थानीय युवा लक्ष्मण बोहराले जानकारी दिए । घाइते सबैलाई कानाचौर स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि धनगढी पठाईएको उनले जानकारी दिए ।
गाडीमा चार जना मात्रै यात्रु रहेको र दुर्घटना भएको जीप सडकबाट करिब दुइ सय मिटरभन्दा तल खसेको बताईएको छ ।
जीप बोगटान फुड्सिल गाउँपालिका ६ गगुडाका डबल बोगटीको रहेको जनाईएको छ ।
Comments are closed.