कञ्चनपुरमा आज मानसखण्ड साईकल रयालीको आयोजना हुँदै

महेन्द्रनगर । कञ्चनपुरमा पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मानसखण्ड साईकल ¥यालीको आयोजना हुँदैछ । मंगलवार विहान ८ बजेदेखी मदन चोकदेखी मानसखण्ड साईकल ¥यालीको आयोजना हुने भएको हो ।

मानसखण्ड ईभेन्ट मयानेजमेन्ट प्रा.लीको आयोजनामा महेन्द्रनगरको मदन चोकदेखि बेदकोट ताल हुँदै विष्णु मन्दिरसम्म मानसखण्ड साईकल ¥यालीको आयोजना हुने आयोजकले जनाएका छन् । युवाहरु, वयस्कहरुको सक्रिय सहभागितामा सञ्चालन हुने उक्त ¥यालीले जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसारमा टेवा पु¥याउने आयोजकले जनाएको छ ।

मानसखण्ड वैदिक सनातनी सेना अध्यक्ष सुमन भट्टले कञ्चनपुरमा रहेका पर्यटकिय धार्मिक क्षेत्रहरुको प्रचार प्रसार गर्ने र अर्काे वर्षमा आयोजना हुने य्राली अँझै राम्रो स्तरिय य्रालीको आयोजना गरीने उहाँले बताउनु भयो ।

मानसखण्ड आफैमा धार्मिक पर्यटकिय हिशावले पनि आफैमा महत्व बोक्ने भएकाले धार्मिक र संस्कृती संग जोडने कार्यले यसलाई अझै विश्व सामु पुय्राउने बताउनु भयो ।

कञ्चनपुरमा रहेका कच्ची सडकहरुलाई साईकलीङ संग जोडेर यहाँ भएका पर्यटकिय क्षेहरुलाइ आयोजकका अनुसार साईकल ¥यालीमार्फत वातावरण संरक्षण, स्वस्थ जीवनशैली र आन्तरिक पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गरिने संयोजक अंकित जोशीले बताउनु भयो ।

कार्यक्रममा विद्यार्थी, युवा क्लब, सुरक्षाकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । ¥यालीको सफल आयोजनाका लागि सम्बन्धित निकाय प्रहरी, प्रशासन तथा स्थानीय तहसँग समन्वय गरिएको आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा सहभागी हुनका लागी साइकल मात्रै भए पुग्ने यस कार्यक्रमले कञ्चनपुरको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । ईच्छुकले आज विहान ८ बजे मदन चोकम सम्पर्क गर्न आयोजकले आग्रह गरेका छन् ।

सम्बन्धित

Comments are closed.