पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार प्रसारका लागी मानसखण्ड साईकल रयाली सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरीएको मानसखण्ड साईकल ¥याली सम्पन्न भएको छ । मंगलवार विहान ९ बजे मदन चोकदेखी सुरु भएको साइृकल रयाली वेदकोट ताल हुँदै विष्णु मन्दिर हुँदै सम्पन्न भएको आयोजक मानसखण्ड ईभेन्ट मयानेजमेन्ट प्रा.लीले जनाएको छ ।

उक्त साईकल रयालीमा युवाहरु, वयस्कहरुको सक्रिय सहभागिता रहेको थियो । आयोजक मानसखण्ड वैदिक सनातनी सेना अध्यक्ष सुमन भट्टले कञ्चनपुरमा रहेका पर्यटकिय धार्मिक क्षेत्रहरुको प्रचार प्रसार गर्ने मुख्य उदेश्यले यो साईकलरयालीको आयोजना गरीएको बताउनु भयो ।

साथै उहाँले अबका दिनमा आयोजना हुने य्राली अँझै राम्रो स्तरिय य्रालीको आयोजना गरीने उहाँले बताउनु भयो । कञ्चनपुरमा रहेका कच्ची सडकहरुलाई साईकलीङ संग जोडेर यहाँ भएका पर्यटकिय क्षेहरुलाइ आयोजकका अनुसार साईकल ¥यालीमार्फत वातावरण संरक्षण, स्वस्थ जीवनशैली र आन्तरिक पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गरिने उहाँले बताउनु भयो ।

यसैगरी प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले यस्ता कार्यक्रमले स्वास्थ्य र पर्यटकिय क्षेत्रलाई फाईदा पुग्ने बताउनु भयो । साथै उहाँले स्थानिय सरकारहरु संग पनि समन्वय र सहकार्य गरेर अगाढी बढ्यो भने अँझै कार्यक्रम उत्कृष्ट हुने बताउनु भयो ।

उक्त ¥यालीले जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसारमा टेवा पु¥याएको साइकल रयालीका संयोजक अंकित जोशीले बताउनु भयो ।

मानसखण्ड आफैमा धार्मिक पर्यटकिय हिशावले महत्व बोक्ने भएकाले धार्मिक र संस्कृती संग जोडने कार्यले यसलाई अझै विश्व सामु पुय्राउने बताउनु भयो ।

साथै उहाँले यो साईकल रयालीलाई सफल बनाउनु हुने सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थी, युवा क्लब, सुरक्षाकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

¥यालीको सफल आयोजनाका लागि सम्बन्धित निकाय प्रहरी, प्रशासन तथा स्थानीय तहसँग समन्वय गरिएको थियो ।

सम्बन्धित

Comments are closed.