साथी संस्थाको आयोजनामा समुदायस्तर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको साथी संस्थाले समुदायस्तर मतदाता शिक्षा कार्यक्रमको आयोजना गरेको छ । महिला कानुन र विकास मञ्च, र साथी स.स्थाको सहकार्य एवम भीमदत्त नगरपालिका १८ को समन्वयमा उक्त कार्यक्रमको आयोजना गरीएको हो ।

मतदाता शिक्षा कार्यक्रममा मतदान गर्ने दिन मतदातालाइ जानकारी हुनुपर्ने विषयहरु जस्तै, मतदान केन्द्र, परिचयपत्र, मत संकेत गर्ने सही तरिका र मत बदर नहुन दिने विषयमा व्यापक छलफल भएको थियो ।साथै मतको गोपनियता, निर्वाचन आचार संहिताले निषेध गरेका कार्यहरुका बारेमा पनि जानकारी प्रदान गरीएको संस्थाका जिल्ला संयोजक उर्मिला शाहीले जानकारी दिनुभयो ।

यो कार्यक्रमले मतदाताबीच निर्वाचन प्रक्रिया प्रतिको जागरूकता, मतदान विधि र अधिकारबारे बुझाइ, र बदर मत घटाउने प्रयास गर्न मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका कार्यवाहक वडा अध्यक्ष हेमबहादुर बस्नेतले यो कार्यक्रमले मतदाताहरुको मत बदर नहुने गर िमतदानमा सहयोग पुग्ने गरी जानकारी दिइएको बताउनु भयो ।

निर्वाचन नजिकिदै गर्दा यस्ता कार्यक्रमहरुले अति ने महत्व राख्ने र थप जानकारी ताजा हुने बताउनु भयो । कार्यक्रमका सहभागीहरुले मत संकेत कसरी प्रयोग गर्ने, मतपत्रलाई कसरी पटाएर मत पेटिकामा खसाल्ने, र मत हाल्दा के के कागजातहरु लैजानु आवस्यक रहेको छ भन्ने विषयमा जानकार भएको बताए ।

उक्त कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो भने, साथी संस्थाका पार्वती भण्डारी र उर्मिला शाहीले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित

Comments are closed.