मर्निङ ग्लोरी सेकेन्डरी स्कुलको २०औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ जानकी टोलमा रहेको मर्निङ ग्लोरी सेकेन्डरी स्कुलको २०औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।आईतवार एक कार्यक्रमका विच २०औँ बार्षिकोत्सव समारोह तथा अभिभावक दिवस भव्यताको साथमा सम्पन्न भएको हो ।

उक्त कार्याक्रमको प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी रहनु भएको थियो भने सभाध्यक्षमा विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष केशवबहादुर चन्द रहनु भएको थियो । यसैगरी, विभिन्न विद्यालयका प्रिन्सिपल, पत्रकारहरु अभिभावकहरु लगायतको उपश्थिती रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाणपत्र ट्रफीहरुले सम्मान पनि गरीएको थियो ।विद्यार्थीहरुले राष्ट्रियताले ओतपोत रहेका गितमा आफनो विभिन्न साँगितिक प्रस्तुतीहरुको प्रदर्शन गरेका थिए ।

विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिहरू, वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाहरूबारे जानकारी गराएका थिए ।कार्यक्रमका प्रमुख अतिथी बोगटीले विद्यार्थीहरूलाई शारीरिक, नैतिक र बौद्धिक रूपमा सक्षम बनाउन शिक्षाको दिगो विकास तथा गुणस्तरिय शिक्षा अति नै आवस्यक रहेको बताए ।

साथै उनले विद्यालयको पढाईले मात्रै विद्यार्थीहरुलाई नपुग्ने आफनो घरमा पनि अभिभावकहरुको महत्वपूर्ण जिम्मेवारी रहेको बताए । यो विद्यालयबाट अध्ययन गरेर गएका विद्यार्थीहरु अहिले विभिन्न प्रतिष्ठित कार्यालयहर, संघसंस्थाहरुमा रहेर काम गरीरहेको बताउदै, यो नै विद्यालयको प्रतिफल रहेको बताउनु भयो ।

विद्यालयका प्रिन्सिपल शर्माले कार्यक्रम भव्यताको साथमा सम्पन्न भएको बताए । यसलाई भव्य र सभ्य बनाएर सम्पन्न गराउनु हुने अभिभावक, अतिथीहरु सबैलाइ धन्यवाद ज्ञापन गरे, उनले यो कार्यक्रमबाट विद्यार्थीहरुको सिप क्षमता दक्षता पनि झल्किने र उनिहरुलाई थप प्रोत्सहान मिल्ने बताए ।

उक्त विद्यालयमा अहिले नर्सरी देखी कक्षा १२ सम्मको अध्ययन भईरहेको छ । उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले अहिले एमबिबिएसमा छात्रवृत्तीमा नाम निकाल्नसफल भएका छन् ।

सम्बन्धित

Comments are closed.