नवनिर्वाचित साँसदहरुलाई जिसस र गैससको सम्मान तथा बधाई

महेन्द्रनगर । कञ्चनपुरबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनु भएका माननियहरुलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरीएको छ । जिल्ला समन्वय समिति र गैसस महासंघ कञ्चनपुरले छुट्टाछुट्टै ुकञ्चनपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जनक सिंह धामी क्षेत्र नम्वर २का दिपक बोहरा र क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महतालाई एक औपचारिक कार्यक्रमका बीच हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

जिल्ला समन्वय समितिले आफनै हलमा र गैससले पनि आफनै हलमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेका हुन । गैर सरकारी संस्था महासंघले नव निर्वाचित सासद ज्ञानेन्द्र सिह महतालाई सम्मान गरेको हो ।

बुधबार एक कार्यक्रमका विच गैसस महासघ कञ्चनपुरले क्षेत्र ३ रास्वपाबाट निर्वाचित सासदलाई सम्मान गरेको हो । गैसस महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले गैसस महासंघकै पुर्व जिल्ला सदस्य भएकाले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको बताए ।

गैसस महासंघका केन्द्रीय बरिष्ठ उपमहासचिव भवराज रेग्मीले जिल्लाको विकासमा सासद, सरोकारवाला हातेमालो गर्नुपर्नेमा जोडदिएका छन ।

गैसस महासघ कञ्चनपुरका सचिव शारदा बोहराले संचालन गरेको कार्यक्रममा सहभागि गैससका पदाधिकारी सहितका गैससकर्मीहरुले फुलमाला, अबिर, खादा ओढाएर सम्मान गरेका छन ।उक्त कार्यक्रमको संचालिका गेसस महासंघ सदस्य शारदा जोशीले गर्नु भएको थियो ।

यसैगरी, जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहराले नव निर्वाचित सासदलाई बधाईका साथ सम्मान गरेको बताए । जिसस प्रमुख बोहराले क्षेत्र १बाट निर्वाचित जनक सिह धामी, २ बाट दिपकराज बोहरा र ३बाट निर्वाचित ज्ञानेन्द्र सिह महतालाई सम्मान गरिएको बताए ।

‘हामीहरुले अहिले १ र ३ बाट निर्वाचित सासदलाई प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरिएको छौँ, ‘उनले भने, क्षेत्र २बा बोहरा काम विशेषले उपस्थिति हुन नसकेपनि उनलाई पछि प्रमाण पत्र हस्तान्तरण गरिनेछ ।’

कञ्चनपुरको विकासका लागि ध्यानाकर्षण सहित सम्मान गरिएको जिसस प्रमुख बोहराले बताए । कार्यक्रममा सासदद्वय जनक सिह धामी र ज्ञानेन्द्र सिह महताले जिल्लको समग्र चौतर्फि विकासका लागि जनअपेक्षा अनुरुप कामकाज गर्ने प्रण गरेका छन ।

सम्बन्धित

Comments are closed.