महेन्द्रनगर । सुर्खेत जिल्लाको बिरेन्द्रनगर पालिका वडा नं ४ स्थित जनजागरण सामुदायिक वन भित्र गुर्भाकोट पालिका ६ निवासी १६ बर्षिय बालिका ईनिसा विकको बलात्कार पछि हत्या प्रकरण त्यसैगरी कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा न ९ मा

रहेको बैजनाथ सामुदायिक वन भित्र भएको १४ बर्षिया नाबालिक बालिका माथी भएको सामुहिक बलात्कार र शुक्लाफाँटा नगरपालिका वडा न ७ को २१ बर्षिय बिन्दु धामीको विवाह भएको १४ दिनमै मृत भेटिएको घटना लगायत देशभरी महिला तथा वालिकाहरुमाथी भएको जघन्य अपराधका घटनामा सरिक दोषीहरु लाई हदै सम्मको कार्वाहीको माग राखी जिल्ला प्रसासन कार्यालय कञ्चनपुर मार्फत नेपाल सरकार गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र पेश गरिएको छ ।
गैसस महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाको र महिला मानव अधिकार रक्षक संजालका जिल्ला अध्यक्ष भगवती थापा सहित गैसस महासंघ नेपालका केन्द्रिय उपमहासचिव भवराज रेग्मी गैसस महासंघ कञ्चनपुरका अध्यक्ष नितु भटट,लक्ष्मी बोहरा नागरिक समाजका सचिव प्रभुनिधि पन्त लगायत कञ्चनपुरमा रहेका २७ भन्दा बढी संस्थाहरुका अगुवाईमा
आज प्रमुख जिल्ला अधिकारी लाई ध्यानकर्षण पत्र बुझाईएको छ भने जिल्ला प्रसासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी लाई सबैले समुदायमा घटिरहेका घटनाहरुका बारेमा अन्र्तक्रिया समेत गरिएको कुरा गैसस महासंघका सचिव शारदा जोशीले बताएका छन ।
Comments are closed.