महेन्द्रनगर । प्राइम कमर्सियल बैंक धनगढी शाखाले एरिस्टो इंलिश हाइस्कुल धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम Global Money Week 2026 को अवसरमा Smart Money Talks , Theme बारे गरिइएको हो ।

कार्यक्रम ब्चAristo English Highschool का कक्षा ११ का Management अध्ययनरत विद्यार्थीका लागि संचालन गरिएको हो । विद्यालयका managing director शान्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका शाखा प्रमुख भुवनेश्वर पनेरु लगायत कर्मचारीहरू दिपकराज भट्ट, स्वस्तिक जैरू र रीता भट्टले सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यालय ंद्द तहका शिक्षहहरू दिपक धानुक, राजु कार्की, संतोष पाण्डेय र तेजराज भट्टको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई बचत, लगानी र वित्तीय ठगी सम्बन्धमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।
विद्यार्थीहरूलाई बचत र लगानीको फाइदा र वित्तीय ठगीबाट जोगिने उपायबारे बैकका रीता भट्टले सहजीकरण गर्नुभएको हो । विद्यालयका ंद्द शिक्षक धर्मेन्द्र के।सी।ले उद्गोषण गरेका थिए ।
Comments are closed.