महेन्द्रनगर । लैँङगीक हिँसा पीडित वा प्रभावितका लागि सञ्चालित सुरक्षित आवास गृहमा गुनासो सुनुवाई तथा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । साथी संस्थाको आयोजना तथा लैँङगिक हिँसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तरगत उक्त कार्यक्रमको आयोजना भएको हो ।

जिल्लामा कार्यरत गैर सरकारी संस्थाहरु, भीमदत्त नगरपालिका, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालयलगायतको उपश्थिती रहेको थियो । लैँङगीक हिँसा पीडित वा प्रभावितका लागि सञ्चालित सुरक्षित आवास गृहलाइृ कसरी संचालन गर्ने, संचालन गर्दा आवस्यक पर्ने आर्थिक अवस्थाको विषयमा छलफल भएको थियो ।

सुरक्षित आवास गृहलाई संचालन गर्नका लागी आर्थिक अभाव बढदै गईरहेको अवस्थामा पालिकाहरुले गर्नुपर्ने आर्थिक सहयोग दिगो रुपमा हुनु पर्ने र सबै पालिहरुले वार्षिक रुपमा आर्थिक सहयोग गर्नुपर्ने विषयमा सहभागीहरुको जोड रहेको थियो ।
साथै, कार्यक्रममा सुरक्षित आवास गृहमा आश्रय लिइरहेका पीडितहरूको गुनासा, समस्या तथा सुझावहरू सुन्ने र तिनको उचित व्यवस्थापन गर्ने विषयमा छलफल गरिएको थियो । सहभागीहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र पीडितमैत्री बनाउन आवश्यक सुधारका पक्षहरू औँल्याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले पीडितको सुरक्षा, गोपनीयता तथा सम्मान कायम राख्दै उनीहरूलाई न्याय र पुनःस्थापनामा पालिकाले पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
यो विषयमा अति नै संवेदनशिल रहेको बताउदै सबै पालिकाले मिलेर सहयोग गर्नु प्रमुख दायित्व रहेको बताउनु भयो । साथै, यस्ता गुनासो सुनुवाइ कार्यक्रमले पीडितहरूको आवाज सम्बन्धित निकायसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
आवास गृहका प्रतिनिधिहरूले दातृ निकाय हुँदा सम्म सहजता भएपनि कार्यक्रमा समापनको अवस्थामा गृह संचालन गर्न सनिकै नै चुनौती थपिने बताएका थिए ।
संस्थाका कार्यक्रम व्यवस्थापक पलिता थापाले आज भएको छलफलले सकारात्मक निकास दिने बताउनु भयो । विभिन्न निकायबाट कार्यक्रममा सहभागिता जनाउनु भएकाहरुले सुरक्षित आवास गृहलाई संचालन गर्नका लागि सबैले मिलेर सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाएको
र आगमी दिनमा यसको दिगोपनका लागी पनि सकारात्मक विचार र प्रतिवद्धता आएको बताउनु भयो । कार्यक्रमको अन्त्यमा सहभागीहरूबाट प्राप्त सुझावहरूलाई आगामी योजना तथा कार्यान्वयनमा समेट्ने निर्णय गरिएको थियो ।
Comments are closed.