महेन्द्रनगर । कञ्चनपुरमा पर्यटन तथा होटल क्षेत्रमा आतिथ्य सत्कार सम्बन्धी ४ दिने डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा पर्यटन तथा होटल क्षेत्रमा आतिथ्य सत्कारलाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा रहेर उक्त तालिमको आयोजना गरीएको हो ।

होटल संघ नेपालको आयोजना उक्त तालिममा डडेल्धुरा, बैतडी, डोटी, कैलाली र कञ्चनपुरका सहभागी हरुको सहभगिता रहेको थियो । डिजिटल प्रणाली, अनलाइन सेवा र स्मार्ट व्यवस्थापनले यहाँका होटल तथा पर्यटन व्यवसायमा नयाँ परिवर्तन ल्याउनका लागी यो तालिमको आयोजना गरीएको आयोजकले जनाएका छन् ।

विषेश गरेर नयाँ टेक्नोलोजीलाइृ प्रयोग गरी आफनो सेवालाइृ कसर िाम्रो उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा रहेर यो तालिमको आयोजना गरीएको तालिमका संयोजक जगदिश चन्द्र भट्टले जानकारी दिनु भयो ।
होटल र पर्यटन व्यवसायलाई डिजिटल रूपान्तरणमा प्राथमिकता दिइरहेको अवस्थामा आफनो सेवा सुविधा र आफनो प्रचार प्रसार गर्ने, राम्रो कन्टेन्टहरु कसरी बनाउने ? एआइलगायत नयाँ टेक्नोलोजीहरुको आफनो दैनिक जिवनमा त्यसको कसरी प्रयोग गर्ने ? भन्ने विषयमा रहेर यो तालिमको आयोजना गरीएको उहाँले बताउनु भयो ।
होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले अनलाइन बुकिङ, डिजिटल पेमेन्ट, ब्क्ष् आधारित सेवा र ग्राहक व्यवस्थापन प्रणाली प्रयोगले सेवा अझ छिटो, सहज र गुणस्तरीय हुने विस्वास लिएको बताउनु भयो ।
सहभागी यज्ञराज ओझाले आफुले यो तालिमबाट धेरै ज्ञान र जानकारी पाएको बताउनु भयो । अबको युग डिजिटलको रहेको बताउँदै आगामी दिनहरुमा आफनो व्यवसायलाइ टेकनोलोजी संग जोडेर सहजरुपमा व्यवसाय संचालन गर्न मद्धत पुग्ने बताउनु भयो ।
Comments are closed.