मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्राथमिकतामा रहनेछः वनमन्त्री चौधरी

महेन्द्रनगर । वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने बताएकी छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गर्दै मन्त्री चौधरीले पछिल्लो समय बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्वलाई नियन्त्रण गर्नु शुक्रबारको आवश्यकता भएको उल्लेख गरे ।

उनले द्वन्द्व न्यूनीकरणका लागि सरोकारवालासँग छलफल गरी ठोस रणनीतिसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।ुविशेषगरी वन पैदावार र समुदाय दुवैलाई सशक्त बनाउनुपर्ने आवश्यकता छ,ु मन्त्री चौधरीले भने ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आफू आएको उल्लेख गर्दै मन्त्री चौधरीले मध्यवर्ती क्षेत्रका बासिन्दाले भोगिरहेका समस्यालाई समाधान गर्न प्राथमिकता दिइने बताइन् ।

यसै अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले नवनियुक्त मन्त्री चौधरीलाई स्वागत गर्दै नेपालको वन तथा वातावरण क्षेत्रका उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे जानकारी गराए ।

सम्बन्धित

Comments are closed.