महेन्द्रनगर । ओसिस मन्टेस्वरीको आयोजनामा हजुरबुवा तथा हजुरआमाहरूलाई सम्मान गर्ने उद्देश्यले एक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।उक्त कार्यक्रमको सभाध्यक्षमा मन्टेस्वरीका संस्थापक अध्यक्ष जनदिप भट्ट रहनु भएको थियो भने, प्रमुख अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा रहनु भएको थियो ।

यसैगरी विशिष्ट अतिथीमा शिक्षाविद नारा जोशी रहनु भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाका हजुरबुवा–हजुरआमालाई आमन्त्रण गरी उनीहरूको अनुभव, माया र योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

बालबालिकाले गीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना हजुरबुवा–हजुरआमाप्रति सम्मान व्यक्त गरेका थिए । साथे उनिहरुले विभिन्न पेशाको पहिरन लगाएर रयाम्प वाक पनि गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि बोहराले बुढापाकाहरूको भूमिका परिवार र समाजका लागि महत्वपूर्ण रहेको बताउँदै उनीहरूको सम्मान र संरक्षण गर्न सबैलाई आग्रह गर्नु भयो ।

आफनो पनि नाती यसै मन्टेस्वरीमा अध्ययन गर्ने र आफु पनि हजुरबुवा बनेको भएर यस्ता कार्यक्रमले नाती नातनीहरुलाई पनि ज्ञान हुने र आफनो परिवारप्रतीको सम्मान र माया जाग्ने बताउनु भयो ।

बालबालिकामा संस्कार, सम्मान र पारिवारिक मूल्यहरूको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथी जोशीले हजुरबुवा–हजुरआमाको सम्मान गर्ने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।
उहाँले बुढापाकाहरू हाम्रो संस्कार, संस्कृति र अनुभवका धरोहर भएको उल्लेख गर्दै उनीहरूबाट प्राप्त ज्ञान र जीवनका मूल्यहरूलाई नयाँ पुस्ताले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।
“आजको पुस्तालाई सही मार्गदर्शन गर्न हजुरबुवा–हजुरआमाको भूमिका अत्यन्त महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “उहाँहरूको सम्मान गर्नु भनेको हाम्रो संस्कृति र पहिचानको संरक्षण गर्नु हो।”
उहाँले विद्यालयले आयोजना गरेको यस्तो कार्यक्रमले बालबालिकामा ज्येष्ठ नागरिकप्रति सम्मान गर्ने भावना विकास गराउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष भट्टले यो कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
Comments are closed.