महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने ४ जनालाई कारवाही गरीएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले आईतवार वेदकोट नगरपालिका १ चम्पापुरमा गरीएको चेकजाँचमा लागुपदार्थ सेवन गर्ने ४ जना सवारी चालकलाई कारवाही गरेको हो ।

सवारी चालकहरुले लागुपदार्थ सेवन गरेर सवारी हाँकेको त छैन भनेर चेकजाँच गरीएको थियो । १६ जना चालकको मादक पदार्थ र लागु औषध खाए नखाएको परिक्षण गर्दा ४ जनाले लागुऔषध प्रयोग गरेको र १२ जनाले केही पनि प्रयोग नगरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख बलेन्द्र नाथले जानकारी दिनु भयो ।

चालकहरुले सवारी साधन गुडाउँदा ध्यान दिए नदिएको मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको छ की भनेर चेकजाँच गर्दा ४ जनाले सेवन गरेर सवारी चलाएको पाइएको र उनिहरुलाई आवस्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालयमा पठाइएको बताउनु भयो ।

दुर्घटनालाई कम गर्न र सचेतना जगाउनका लागि यो चेकजाँचलाई व्यापक्ता दिइएको उहाले बताउनु भयो । लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउँदा चालक आफु मात्र जोखिममा नपर्ने उक्त सवारी साधनमा सवार अन्य यात्रुहरुलाई पनि जोखिम रहने भएकाले मादक पदार्थ, लागु पदार्थ सेवन नगर्न उहाँले बताउनु भयो ।
पछिल्लो समय सवारी चालकहरुले लागु पदार्थ सेवन गर्ने सवारीसाधन चलाउने गर्नाले दुर्घटना बढने यात्रुहरुलाई जोखिम हुने हुँदा यो चेकजाँचले पनि उनिहरुलाई सचेत गराउने सुरक्षित सवारीसाधन चलाउने बानीको विकास गराउने उदेश्यले लागु पदार्थ सेवनक चेकजाँच गरीएको उहाँको भनाई रहेको छ ।
भीमदत्त नगरपालिका १८ यात्रु सन्दिप जोशीले चालकले आफनो मात्रै ज्यान फाल्दैनन हामी यात्रुलाई पनि जोखिममा पार्ने गरेको बताउनु भयो । यसरी चेकजाँच गरीनु अति आवस्यक रहेको र सबै अन्य चालकहरु प्निसचेत हुने र दुर्घटनामा पनि कमी हुने बताउनु भयो ।
चालकहरुले अहिले मादप पदार्थ कम खाने तर लागु पदार्थ खाएर सवारी साधनहरु चलाउने गरेको पाइएको छ । यसरी चालकहरुको लापसे चेकजाँच सराहनिय रहेको स्थानियहरुले बताएका छन् ।
यो चेकजाँच क्षणिक नभएर आगामी दिनहरुमा पनि निरन्तरता रहनु पर्ने स्थानियहरुको भनाई रहेको छ ।
Comments are closed.