कञ्चनपुरका बजार महिनाको २ दिन बन्द हुने

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले बजार व्यवस्थापन गर्न मासिक २ दिन बजार बन्द गर्ने निर्णय गरेको छ । महिनाको पहिलो शनिवार र तेस्रो शनिवार बजार बन्द गर्ने निर्णय गरीएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

आईतवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायीहरु संग लामो समय गरीएको बजार सर्वेक्षण छलफल सल्लाह सुझाव पश्चात उहाँहरुको भनाई अनुसार महिनामा २ दिनबजार बन्द गर्ने निर्णय गरीएको कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्टले जानकारी दिनु भयो ।

महिनाको पहिलो र तेस्रो शनिवार बजार बन्द गर्ने व्यवसायीहरुले दिएको निवेदन सल्लाह अनुसार यो निर्णय गरीएको उहाँले बताउनु भयो । यो निर्णय नयाँ वर्ष २०८३ बैशाखदेखी लागु हुने भएको छ ।

निर्णयअनुसार व्यवसायीहरूले महिनाको दुई दिन बजार बन्द गरेर व्यवस्थापन, सरसफाइ, लेखाजोखा तथा व्यक्तिगत समय व्यवस्थापनमा ध्यान दिन सक्नेछन् ।

संघका पदाधिकारीका अनुसार बजार बन्द गर्ने दिनहरूलाई व्यवस्थित बनाउन र व्यवसायलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन यस्तो निर्णय गरिएको हो ।

यस कदमले बजार क्षेत्रमा भीड व्यवस्थापन, सरसफाइ सुधार तथा व्यवसायीहरूको कार्यक्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै, व्यवसायीहरूलाई आराम र योजना बनाउने समय मिल्ने भएकाले सेवा प्रवाह अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

सम्बन्धित

Comments are closed.