आप्रवासी कामदारहरुको एड्स, टिबी र मलेरिया सम्बन्धी क्रस बोर्डर बैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा आप्रवासी कामदारहरुको एड्स, टिबी र मलेरिया सम्बन्धी क्रस बोर्डर बैठक सम्पन्न भएको छ । सोमवार आप्रवासी कामदारहरुको एचआइभी एड्स तथा प्रजनन स्वास्थ्य सञ्जाल नेपालको आयोजना तथा नव आशा र शान्ती पुर्नस्थापनाको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिका, महाकाली प्रादेशिक अस्पताल, ईप्रका गड्डाचौकी, दोधारा चाँदनी स्वास्थ्य चौकी, उत्तराखण्ड प्रहरी, भारतिय गैर सरकारी संस्था, सिमा नाकामा कार्यरत संस्थाहरु, एनएनएसडब्लुए, नव आशा, शान्ती पुर्नस्थापना केन्द्र, भारतिय सञ्चारकर्मी, गड्डाचौकी हेलथ डेस्कलगायतको उपश्थिती रहेको थियो ।

नेपालबाट भारतमा कामदारको रुपमा भारत जाने नेपालीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै एड्स, टिबी र मलेरिया जस्ता सरुवा रोगहरुको रोकथाम, नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त बैठक आयोजना गरिएको हो ।

सहभागीहरुले सीमापार आवतजावत गर्ने कामदारहरुमा देखिने स्वास्थ्य समस्या, जोखिम न्यूनीकरणका उपाय, तथा रोग पहिचान र उपचारमा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए ।

विषश गरेर भारतमा काम गर्न जानेहरुलाई सहज रुपमा औषधी पाउनु पर्ने, दुवै देशको तथ्याङक मिल्नु पर्ने, दुवै देशको संयुक्त निर्देशिका, निती, लागु गर्ने, क्रस बोर्डर वैठकमा एचआइभी टिबी, मलेरियाको विषयमा सम्बोधन हुनुपर्ने, दुवै देशका संस्थाहरुले समन्वय सहकार्य गरेर अगाढी बढने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वक्ताहरुले आप्रवासी कामदारहरुलाई लक्षित गरी नियमित स्वास्थ्य परीक्षण, जनचेतना कार्यक्रम सञ्चालन तथा उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । साथै, सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवाको सुदृढीकरण र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने सहमति समेत गरिएको छ ।

उक्त बैठकले आप्रवासी कामदारहरुको स्वास्थ्य सुरक्षा प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । आप्रवासी कामदारहरुको एचआइभी एड्स तथा प्रजनन स्वास्थ्य सञ्जाल नेपालका महासचिव बालकृष्ण गैरेले नेपालबाट भारतमा कामदारको रुपमा जाने र उताबाट आउनेहरुलाइ एचआइभी, टिबी र मलेरियाबाट संक्रमित भएर आउनुहुनेलाई कसरी उपचार औषधी प्रदान गर्न सकिन्छ भनेर यो वैठकको आयोजना गरीएको बताउनु भयो ।

साथै दुवै देशमा रहेका विरामीहरुलाइ सहजरुपमा औषधी उपचार दिन सकिन्छ ? कसरी उनिहरुको तथ्याङक संकलन गरेर दुवै देशमा सजिलो वातावरण बनाउन सकिन्छ भनेर यो वैठकको आयोजना गरीएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.