कञ्चनपुरमा जिल्ला स्तरीय लैँङगिक हिँसा सम्बन्धी समन्वय समितिको वैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा जिल्ला स्तरीय लैँङगिक हिँसा सम्बन्धी समन्वय समितिको वैठक सम्पन्न भएको छ । विभेदमा आधारित हिँसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण अन्तरपालिका समन्वय वैठक सम्पन्न भएको हो । युएनएफपिएको आर्थिक सहयोग मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको प्राविधीक सहयोग र जिल्ला समन्वय समितीको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो ।

सुरक्षित आवास गृहहरुलाई संचालन , ओसिएमसी को सेवा बिस्तार प्रभावकारी सेवा प्रवाह र दिगो व्यवस्थापन गर्ने उदेश्यले वैठक सम्पन्न भएको हो । उक्त कार्यक्रमको सभाध्यक्षमा जिल्ला समन्वय समिती प्रमुख दुर्गादत्त बोहरा रहनु भएको थियो ।

उक्त वैठकमा सशक्त महिला समृद्ध नेपाल परियोजनाको उपलब्धी तथा असल अभ्यासहरु वारे प्रस्तुती, अल्पकालिन महिला सुरक्षित आवास गृहको संचालन सम्बन्धमा ( सबै स्थानीयतहको लागत साझेदारीको प्रणाली स्थापना तथा अनुगमन ) तथा सामुदायिक मनोसामाजिक कार्यकर्ता तथा मामिला व्यवस्थापकको स्थानीय निकायको अपत्यत्व सम्वन्धमा छलफल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष बोहराले लैँङगिक हिँसामा परेका महिला बालबालिकाहरुलाई कसरी सुरीषत हिसावले राख्न सकिन्छ भन्ने मुख्य उदेश्यमा रहेर यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

सबैले आआफनो क्षेत्रबाट हामी आफनै चेलीछोरीहरुका लागी आवस्यक पर्ने सुरक्षित आवास गृहमा सबैले लगानी गर्नु पर्ने बताउनु भयो । उनिहरुको सुरक्षाका लागी आज गरीएका निर्णयहरु कार्यान्वयनमा आउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

जिल्लामा संचालित सुरक्षित आवास गृह संचालन र ओसिएमसीको सेवा गुणस्तर र दिगो व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम संचालनको लागी, व्यवस्थापनको पुर्ण संचालन सबै पालिकाले लिनु पर्ने र सो को सन्चालनको जिम्मेवारीका लागी सबै स्थानीय तह अन्तरगत भिमदत्त नगरपालिकाले रु ४ लाख तथा कम्तीमा २ लाख अन्य नगरपालिका १ लाख गाउँपालिकाले बजेट विनियोजन गर्नका लागी निर्णय गरीएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका बरिष्ठ मनोपरामर्शकर्ता जानकी चन्दले जानकारी दिनु भयो ।

साथै भिमदत्त नगरपालिकामा र बेलौरी नगरपालिकामा कार्यरत ४ जना समुदायमा आधारित मनोसामाजिक कार्यकर्ताको अपनत्वपालिकाले लिई तथा २ जना मामिला व्यवस्थापकहरूको तलव तथा परिचालनका लागि रकमको विनियोजनको लागी सबै पालिकाहरुले सहयोग गर्ने निर्णय गरिएको मनोविद दिवाकर जोशीले बताउनु भयो ।

उहाँले सबै स्थानीय तहहरूमा लैङगक समानता तथा सामाजिक समावेशिकरण नीतिको बृहत कार्ययोजनाको कार्यन्वयन गर्ने निर्णय गरीएको जानकारी दिनु भयो ।

स्थानीय तहमा रहेको लैङगिकक हिंसा निवारण कोषको हालको कार्यान्वयनको अवस्थाका बारेमा छलफल गरियो र यस कोषको संचालनका लागि कार्य विधि तयार नभएका पालिकाहरुले यथासिघ्र तयार गरी उल्लेखित प्रावधानहरू लागू गर्ने सबै नगरपालिका र पालिकामा कोषको परिचालन संचालन तथा व्यवस्थापन गर्ने निर्णय गरीएको छ ।

साथै एकद्वार संकट व्यवस्थापन केन्द्र तथा अल्पकालिन सुरक्षित आवास गृहको गुनासो सुनुवाइ निर्देशिकाको निर्माण गरी प्रभावकारी कार्यन्वयन र अनुमोदन गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरीएको छ ।

सशक्त महिला समृद्ध नेपाल कार्यक्रम सिएमसी नेपाल ,भीमदत्त नगरपालिको र बेलौरी नगरपालिकाको लागत साझेदारीमा ६ वडामा कार्यक्रम संचालनमा रहेको छ ।

लैङिगक हिँसा रोकथाम र सेवा प्रदायक निकायको जानकारी दिने उदेश्यले काम गरीरहेको छ ।

सम्बन्धित

Comments are closed.