महेन्द्रनगर । महाकाली मोडर्न पब्लिक स्कुलले कक्षा १२ माअध्ययनरत विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रमको आयोजना गरी फेरी भेटौला कार्यक्रमको सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कक्षा १२ मा अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई अविर खादा र मायाको चिनो प्रदान गरेर सम्मानको साथमा फेरी भेटौला कार्यक्रमको आयोजना गरीएको हो । उक्त कार्यक्रमको सभाध्यक्षमा कक्षा ११ की छात्रा पुर्णिमा कार्की रहनु भएको थियो भने, प्रमुख अतिथीमा संस्थापक प्रिन्सिपल दिजराज भट्ट भएको थियो, विशिष्ट अतिथीमा संस्थापक अध्यक्ष हर्कबहादुर धामी रहनु भएको थियो ।

विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुती दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भट्टले विद्यार्थीहरूलाई उनिहरुको उज्वल भविष्य र जिवनलाई सफल बनाउनमा शिक्षकहरु र आफुले निकै मिहिनेत गरेको बताउनु भयो ।
अन्य विद्यालय भन्दा फरक प्रकारले शिक्षा दिने यस विद्यालयमा विद्यार्थीहरुको भविष्य निर्माण गर्न रातदिन शिक्षकहरु, विद्यार्थीहरु सबैले मिहिनेत गरेर राम्रो नतिजा ल्याउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
साथै उहाँले शुभकामना व्यक्त गर्दै अनुशासन, मेहनत र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नु भयो । जिवनमा सफलता हासिल गर्ने उपाँय भनेकै कडा मिहिनेत परिश्रम र अनुसासन रहेको बताउनु भयो ।
जीवनमा शिक्षा मात्र नभई नैतिकता र व्यवहारिक ज्ञान पनि उत्तिकै महत्वपूर्ण हुने उहाँको धारणा थियो । विशिष्ट अतिथी विष्टले आफनो आमा बुवाहरुको सपनालाई साकार बनाउनका लागि मिहिनेत गरेर कक्षा १२ को परिक्षा उतिर्ण गरी आफनो भविष्य उज्जवल बनाउन आग्रह गर्नु भयो ।
विदाई कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै, विद्यार्थीहरूले विद्यालयसँग बिताएका मीठा सम्झनाहरू सुनाउँदै शिक्षक तथा विद्यालयप्रति कृतज्ञता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको कामना गरिएको थियो । विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेको छ ।
Comments are closed.