गएको शनिबारदेखि नेपाल प्रवेश गरेको सलह कीरा कैलालीमा पनि झुण्डमा देखिन थालेको छ । यसअघि झुण्ड टुक्रिएर प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको सलह कीरा अहिले झुण्डमा देखिन थालेको हो ।
कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले कैलालीको टीकापुर र धनगढी आसपासको क्षेत्रमा सलह झुण्डमै देखिएको बताउनुभयो ।
‘हजारौंको सङ्ख्यामा गएको शनिबारदेखि नेपाल प्रवेश गरेको सलह कीरा कैलालीमा पनि झुण्डमा देखिन थालेको छ । यसअघि झुण्ड टुक्रिएर प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको सलह कीरा अहिले झुण्डमा देखिन थालेको हो । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले कैलालीको टीकापुर र धनगढी आसपासको क्षेत्रमा सलह झुण्डमै देखिएको बताउनुभयो ।
‘हजारौंको सङ्ख्यामा सलह टीकापुर र धनगढी आसपास क्षेत्रमा प्रवेश गरेको देखिन आएको छ’, उहाँले भन्नुभयो, ‘प्रदेशबासीलाई क्षेत्र अवलोकन गरी छोप्न, पासो, नेट, जाली, झुल प्रयोग गर्न, विषादी प्रयोग गर्न तथा ठूलो आवाज निकाली धपाउन आग्रह गर्दछौँ ।’
सलह किरा बिहान ८ बजेसम्म मात्रै देखिने समेत उहाँले बताउनुभयो । कीरा पक्रेर ल्याए प्रति किलो २५ रुपैयाँका दरले प्रदेश सरकारले खरिद गर्ने समेत बताउनुभयो । यसअघि डडेल्धुरामा पनि सलहको झुण्ड देखिएको थियो ।
गरेको देखिन आएको छ’, उहाँले भन्नुभयो, ‘प्रदेशबासीलाई क्षेत्र अवलोकन गरी छोप्न, पासो, नेट, जाली, झुल प्रयोग गर्न, विषादी प्रयोग गर्न तथा ठूलो आवाज निकाली धपाउन आग्रह गर्दछौँ ।’
Comments are closed.