कञ्चनपुर ईसाई समाज भीमदत्त शाखाद्वारा ४५ पिन्ट रगत संकलन

महेन्द्रनगर । कञ्चनपुरमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कञ्चनपुर ईसाई समाज भीमदत्त शाखाको आयोजना र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा महेन्द्रनगर, कञ्चनपुरको प्राविधिक सहयोगमा उक्त कार्यक्रमको आयोजना भएको थियो ।

रक्तदान जिवनदान भन्ने मुल उदेश्यका साथमा गुड फ्राईडे २०८२ को उपलक्ष्यमा कनान एजी चर्चमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।आजको दिन ख्रिष्टियनका संस्थापक येशु ख्रिष्टले मानव अवतार लिएर आजको दिनमा कल्बरी क्रुसमा आफनो रगत बगाएको दिनलाइ स्मरण गर्दै विश्वभरमा आजको दिनमा मनाइएकोे कञ्चनपुर ईसाई समाजका सल्लाहकार सन्तोष सुनामले जानकारी दिनुभयो

साथै, भविष्यमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गरी मानवीय सेवामा महत्वपूर्ण योगदान दिएका थिए ।

आयोजकका अनुसार, आकस्मिक अवस्थाका बिरामीहरूलाई आवश्यक पर्ने रगतको अभाव न्यूनीकरण गर्न कार्यक्रमले सकारात्मक सहयोग पु¥याउने विश्वास गरिएको छ ।

एक दिनमा ४५ पिन्ट रगत संकलन भएको र सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा स्थानीय युवायुवतीहरु, विभिन्न चर्चका सदस्यहरु उत्साहजनक सहभागिता रहेको उहाँले बताउनु भयो ।

कञ्चनपुर ईसाई समाज भीमदत्त शाखाका अध्यक्ष पास्टर महेश लावडले गुड फ्राइृडेको अवसरमा विश्व भरमा यो कार्यक्रम मनाई रहदा कञ्चनपुरमा पनि यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

साथै रक्तदान जीवनदान सरह हुने भएकाले रगतको अभावमा कसैले पनि अकालमा आफनो जयान गुमाउन नपरोस भन्ने उदेश्यका साथमा आजको यो कार्यक्रमको आयोजना गरीकाएको उहाँले जानकारी दिनु भयो ।

आफनो एक थोपा रगतले कसैले नयाँ जिवन पाउछ भने किन रक्तदान नगर्ने भनेर ने सबै इसाइ समाजमा रहनु भएका स्विासीहरुले ४५ पिन्ट रगत संकलन गर्नमा सहयोग गर्नुभएको जानकारी दिनुभयो ।

पहिलो पटक रक्तदानमा सहभागी जनाउनु भएकी सुनमी देवी विष्टले तिन तिन महिनामा रगत दिन मिल्ने भएकाले आजको यो विषेश दिनमा आफुले पनि पहिलो पटक रक्तदान गरेको अनुभव सुनाउनु भयो ।

रगतको अभावले विरामीहरु र उहाँका आफन्तहरु समस्यामा पर्ने भएकाले आजको यो रगत संकलन पश्चात ति आवस्यक पर्ने विरामीलाई केही सहजता हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गरी मानवीय सेवामा महत्वपूर्ण योगदान दिएका थिए । आयोजकका अनुसार, आकस्मिक अवस्थाका बिरामीहरूलाई आवश्यक पर्ने रगतको अभाव न्यूनीकरण गर्न कार्यक्रमले सकारात्मक सहयोग पु¥याउने विश्वास गरिएको छ ।

कार्यक्रमका वक्ताहरूले रक्तदान जीवनदान सरह हुने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित

Comments are closed.