महेन्द्रनगर । मर्निङ ग्लोरी सेकेन्डरी स्कुलको आयोजनामा आँखा स्वास्थ्य सचेतना तथा विद्यार्थीहरुको दृष्टी परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।महाकाली अप्टिकल एण्ड केयर सेन्टरको प्राविधिक सहयोगमा आयोजना भएको उक्त कार्यक्रममा कक्षा नर्सरीदेखी ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको आँखा चेकजाँच गरीएको थियो ।

अभिभावक र विद्यार्थीहरुलाई संयुक्त रुपमा सचेतना कार्यक्रमको पनि आयोजना गरीएको थियो । कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले आँखाको सरसफाइ, पोषणयुक्त आहारको महत्व, तथा लामो समयसम्म मोबाइल र कम्प्युटर प्रयोग गर्दा हुने असरबारे जानकारी दिएका थिए ।

विद्यार्थीहरुमा आँखाको स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै समयमै आँखासम्बन्धी समस्या पहिचान गरी आवश्यक उपचारको लागि प्रेरित गर्नु रहेको विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले जानकारी दिनुभयो ।
अभिभावक दिप्ती पाल्पालीले यो आँखा शिविरले गर्दा कतिपय बालबलिकाहरुको आँखामा भएको समस्या पत्ता लागेको र समयमै उपचार पाइएको बताउनु भयो ।
साथे उहाँले विद्यालयले आयोजना गरेको यो आँखाको शिविर एकदमै प्रभावकारी रहेको बताउनु भयो । यसैगरी अर्का अभिभावक गम्भिर सिंह बोहराले दृष्टी परीक्षणका क्रममा धेरै विद्यार्थीहरुको आँखाको अवस्था जाँच गरी आवश्यक सल्लाह प्रदान गरिएको बताउनु भयो ।
केही विद्यार्थीहरुलाई थप उपचार तथा चस्मा प्रयोग गर्न सुझाव दिइनु पनि राम्रो कार्या रहेको बताउनु भयो । विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरुको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
माघको महिनामा यस विद्यालयले निशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको थियो ।
Comments are closed.