महेन्द्रनगर । महेन्द्रनगर बजारको मदन चोक क्षेत्रका झण्डै आधा दर्जन पसलमा आइतबार राति चोरी भएको छ । चोरीमा आरोपमा दुई जना पक्राउ परेका छन ।
प्रहरीले सोधपुछका लागि पक्राउ गरेका दुबै जना नाबालक छन् ।आइतबार राति पसलका सटर तोडेर चोरी भएको बताइएको छ । मदनचोकमा २४ घण्टा प्रहरी ड्युटी हुने गरेको छ ।
रात दिन प्रहरी ड्युटी हुने क्षेत्रमा चोरी भएपछि व्यवसायी चिन्ता व्यक्त गर्न थालेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक विरेन्द्र सिह थापाले चोरी घट्नामा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको बताए ।
‘चोरी भएको छ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेका छौ’ उनले भने,‘चोरी के के भयो भनेर पनि अनुसन्धान गरि रहेका छौ ।’
प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका दुबै जना बालक भएको प्रहरी निरीक्षक थापाले बताए ।
Comments are closed.