विद्यालयको भवन निजीकरण गरिएको भन्दै तालाबन्दी
महेन्द्रनगर, २० असार
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयको भवनको कोठा विद्यालयका प्रधानाअध्यापकले आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको भन्दै युवाहरुले आपत्ति जनाएका छन् । शनिवार सो ठाउका युवाहरुले सो विद्यालयका प्रधानाअध्यापक हर्का बोहराले विद्यालयको भवन आफ्नो स्वार्थ परिपुर्तिका लागि आवाशको रुपमा प्रयोग गर्दै आएको भन्दै सो विद्यालयको कोठामा तालाबन्दी गरिदिएको छ ।
सो सरस्वती आधारभुत विद्यालयको एउटा कोठा विद्यालयका प्रधानाअध्यापक बोहराले विगत लामो समयदेखि आवाशका रुपमा प्रयोग गर्दै आउनु भएको र आफुहरुले पटकपटक खाली गराउन माग गर्दा अटेर गरेकाले बाध्य भएर कोठामा तालाबन्दी गरिएको एक जना युवा दिनेश कुमार सिहले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । सो क्षेत्रका युवाहरुद्धारा जारी विज्ञप्तिमा निजी आवाशको रुपमा प्रयोग गरिदै आएको सो कोठा खाली गर्न पटकपटक मौखिक तथा लिखित रुपमा आग्रंह गर्दा पनि अटेर गरेकाले भवन खाली गर्न ३ दिने समय सहितको निवेदन दिन स्थानीय जागरुक युवाहरु जादा प्रधानाअध्यापक बोहराले गैरजिम्मेवारपुर्ण किसिमको जवाफ दिएकाले जागरुक युवाहरुले प्रधानाअध्यापक बोहराले निजीकरण गरेको सो विद्यालयको बालविकास भवनमा ताला लगाउन बाध्य भएका छौ विज्ञप्तिमा भनिएको छ । यस विषयमा वडा नम्बर २ का वडाअध्यक्ष नरेश बहादुर सिहंसंग बुझ्दा उहाले केही वर्ष अघि प्रधानाअध्यापकले विद्यालयलाई केही रकम ऋण दिएको र सो रकम बाफत विद्यालयले जमिन दिनुपर्ने नभए आफुले विद्यालयको कोठा खाली नगर्ने भन्ने किसिमका जवाफ दिनु भएको बताउनु भएको छ । साथै वडाअध्यक्ष सिहले प्रधानाअध्यापक बोहराले विद्यालयलाई ऋण दिएको भएपनि सो ऋणफिर्ताका लागि अन्य विभिन्न विकल्पहरु भएपनि विद्यालयकै भवनलाई निजीकरण गर्नु सही नभएको बताउनु भयो ।
यता सरस्वति आधारभुत बिद्यालयका प्रधानाअध्यापक बोहराले २०७२ सालमा निजी शिक्षकहरुको तलब दिनका लागि विद्यालयलाई ऋण दिएको र त्यो बेला तत्कालिन विद्यालय व्यवस्थापन समितिले १ महिना भित्र प्रधानाअध्यापक बोहरालाइ उक्त रकम फिर्ता गर्ने सहमति गरेको भएपनि हाल सम्म उक्त पैसा फिर्ता नपाएको र सबै निकाय धाउदा पनि आश्वासन बाहेक अरु केहि नपाएको बताउदै आउनु भएको छ । साथै प्रधानाअध्यापक बोहराले आफुले विद्यालयलाई दिएको पैसाको मासिक रु. ३ हजार ४० रुपैया ब्याज तिरीरहेको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । विगत लामो समय अघिदेखिको विवाद अहिले सतहमा आएको बताउदै स्थानीयहरुले यसको निकास आवश्यक रहेको बताएका छन् ।

शुक्लाफाँटा खबर
5366 posts
Comments are closed.