बैजनाथ धाम बृद्धाश्रम र बैजनाथ धाम रौटेलामा सरसफाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । बैजनाथ धाम बृद्धाश्रम र बैजनाथ धाम रौटेलामा सरसफाई कार्यक्रमको आयोजना गरीएको छ । श्री बैजनाथ मा.वि. गैलनदीको कक्षा १० को सामाजिक विषय अन्तर्गत परियोजना कार्य तथा ईको क्लबको आयोजनामा यस क्षेत्रका दुई महत्वपूर्ण स्थलहरूमा सामाजिक तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रम अन्तर्गत बैजनाथ धाम बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरूलाई मिष्ठान्न भोजन गराइएको थियो । विद्यार्थीहरूले बृद्धबृद्धासँग समय बिताउँदै सम्मान र सहयोगको भावना व्यक्त गरेका थिए ।

त्यसैगरी पवित्र धार्मिक स्थल बैजनाथ धाम रौटेलामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा ईको क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक पदम बोहराले जानकारी दिनु भयो ।

विद्यालयले सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण तथा मानवीय सेवाको भावना विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ रहेको छ ।

सहभागीहरूले धार्मिक तथा सामाजिक स्थलहरूको संरक्षण सबैको दायित्व भएको बताएका छन् ।

सम्बन्धित

Comments are closed.