कञ्चनपुर प्रहरी कमान सम्हालेका एसपी गिरी भन्छन, ‘अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षा पहिलो दायित्व’

महेन्द्रनगर । । प्रहरी उपरीक्षक एसपी नेत्रमणी गिरीको कमाण्डमा कञ्चनपुर प्रहरीको जिम्मा आएको छ । हालै प्रहरी प्रधान कार्यालयले एपी गिरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा दिएको हो ।

एसपी गिरीले बिहीबारदेखि नै जिल्लाको कमान सम्हालेका छन । यस अघि पनि सुदूरपश्चिमका विभिन्न जिल्ला, युनिटमा काम गरिसकेका एसपी गिरीले यस पटक सीमावर्ती कञ्चनपुर प्रहरीकै जिम्मा दिएको हो ।

शुक्रबार जिल्लाका सचारकर्मीसंग परिचयात्मक कार्यक्रममा एसपी गिरीले समग्र जिल्लाको शान्ति सुरक्षा कायम गरेर आम नागरिकलाई शान्तिपूर्ण वातावरणमा बस्ने वातावरण बनाउने बताए ।

‘अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षा पहिलो दायित्व, ‘उनले भने, ‘कानुनको पालना गर्ने विषय प्राथमिकतामा जान्छ ।’

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले पत्रकारलाई समयमै सुचना प्रवाह गर्न अनुरोध गरेका छन । प्रहरी निरीक्षक बिरेन्द्र सिह थापाले संचालन गरेको कार्यक्रममा संचारकर्मीदेखि प्रहरीको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Comments are closed.