बेदकोट ८ विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम गर्दैै

महेन्द्रनगर । कञ्चनपुरको एक वडा कार्यालयले विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम शुरु गरेको छ । नागरिकसंग प्रत्यक्ष सम्वाद गरेर बेदकोट नगरपालिका ८ नम्बर वडा कार्यालयले विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम शुरु गरेको हो ।
वडाका नागरिकसंग दुई दिने शुक्रबार र शनिबार वडा कार्यालयले विगतमा गरेका विकास निर्माणका कामकाजका विषयमा वडाबासी नागरिकसंग छलफल गरिरहेको छ ।

‘राम्रो वडा हाम्रो वडा, शिक्षिक सम्बृद्ध र साँस्कृतिक वडा निर्माण, सम्मान, समिक्षा र सकल्पको साझा अभियान’ भन्ने मुल नाराका साथ वडा कार्यालयले नागरिकसंग समिक्षा गर्न लागेको हो ।
उक्त अभियानको उद्घाटन गर्दै पुर्व सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावलले बेदकोट ८ले दीगो विकास निर्माणदेखिका मानविय विकासका क्षेत्रमा थुप्रै कामकाज योजना अघि बढाएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्री रावलले वडाको विकास निर्माणका लागि विगत, अहिले र भविष्यमा पनि साथ सहयोगको प्रतिबद्धता जाहेर गरेका छन ।
बिशिष्ठ अथिति समेत रहेका संविधान सभा सदस्य कलसा महराले पनि वडाको विकासका लागि आफ्नो तर्फबाट सदैव पहल गर्ने बचन दिएकी छिन ।

अर्का बिशिष्ठ अतिथि बेदकोट नगरका निर्वतमान मेयर अशोक कुमार चन्दले बेदकोट नगरको बृद्धि विकासका लागि आफुले अघि सारेका योजना पुप्रै रहेको र आगामी दिनमा पनि सहयोग गर्ने बचन दिए । बेदकोट नगरका निर्वतमान वडाध्यक्ष दुर्गासिह भण्डारीले पनि आफुले अघि सारेकै विकासमा अहिलेका वडाध्यक्षले पनि कामकाज बढाएको विकासका लागि हालेमालो गर्ने बताए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रराज गिरीले प्रहरी चौकी स्थापनाका साथ आवश्यक सहयोग गर्ने बचन दिएका छन ।
बेदकोट ८शैक्षिक सुधार कार्यदलका संयोजक समेत रहेका लक्ष्मी माविका प्रद्यानाध्यापक प्रमानन्द नाथले समग्र वडाको शैक्षिक सुधारका लागि सरोकारवाला जाग्नुपर्ने बताए । बैजनाथ मावि गैलनदीका प्रद्यानाध्यापक पदम सिह बोहराले वडाको एक मात्रै सामुदायिक विद्यालय सुधारका लागि वडादेखि माथिल्ला सबै निकायमा पहल आवश्यक रहेको औल्याए । कार्यक्रममा हालसम्म वडामा भएका विकास निर्माणको कार्यपत्र प्रस्तुत गर्दै बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले विगत चार बर्षयता वडा कार्यालयबाट सम्पादित भएका भौतिक एव मानविय विकास बारे आम वडाबासीसंग प्रत्यक्ष सम्वाद गरेर अघि बढिरहेको बताए । वडाध्यक्ष जोशीले समग्र वडाबासीको हितकै लागि कार्यक्रम गरिएको बताउँदै ६ टोलका अगुवाहरुसंग विकास निर्माणका विषयमा टोल टोल, गाँउबस्तीमा गएर छलफल गरिरहेको बताए ।
वडाध्यक्ष जोशीले वडा कार्यालयदेखि वडा कार्यालय मार्फत पालिका, प्रदेश र सघीय सरकारले सहयोग गरेको बजेट अनुरुप गाँउबस्तीमा संचालित भौतिक विकासदेखिका मानविय विकास निर्माण कार्यको प्रत्यक्ष सम्वाद गरेर सुझाव सल्लाह लिईरहेको बताए ।उनले टोल समिति मार्फत नागरिकका सुझाव सल्लाह अनुरुप हरेक चार बर्षमा योजना ल्याएर कार्यान्वयन गरेको बताए । ‘हामीले वडामा नागरिकलाई लालपुर्जा वितरण, सडक स्तरोन्नती,ढल निकास, सामुदायिक भवन निर्माण, पर्यटन क्षेत्रकाका भौतिक पूर्वाधार निर्माण, नयाँ सडक विस्तार, कालोपत्रे, पानीविचदेखिका अधिकाँस सडक, स्तरोन्नती, ढल निर्माण, विद्यालय भवन, कृषिका कार्यक्रम टोल टोलमै गएर स्वास्थ्य सेवा प्रदानदेखिका मानविय विकास क्षमता अभिबृद्धिका कार्यक्रम संचालन गरेका छौँ, ‘उनले भने, ‘नागरिक सुरक्षाका लागि प्रहरीचौकी निर्माणदेखि अब पनि फेरी नागरिकसंगै रहेर आउँदो आर्थिक बर्षका लागि योजना कार्यान्वयन गर्नेछौँ ।’वडाध्यक्ष जोशीले नागरिक स्तरबाट वडाबाट संचालित योजनामा सन्तुष्ट भएपनि माथिल्ला सरकारबाट धार्मिक ऐतिहासिक एव भौगोलिक रुपमा प्रख्यात पर्यटकीय वडाको बृद्धि विकासका लागि बृहद योजना ल्याउनुपर्नेमा जोडदिए । यसैविच वडा कार्यालयले समाजिक सचेतना फैलाउने उदेश्यका साथ नागरिकसंगै साँस्कृतिक कार्यक्रम गर्न लागेको छ । वडाध्यक्ष जोशीले भौतिक विकास मात्रै होईन मानविय विकास, सचेतनादेखि आफ्नो धर्म, संस्कृति संस्कार सरक्षण, जोर्गेना गर्ने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको बताए । वडामा विकृती हटाउन शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी चौकी स्थापनार्थ ८कट्टा जमिन भोगाधिकार सहित नयाँ भवन निर्माण प्रहरी अघि बढिरहेको बताए ।
शुक्रबार र शनिबार दुई बेदकोट ८गैलनदी बैजनाथ माविको प्राङगणमा दुव्र्यसनी बिरुद्ध सचेतनामुलक कार्यक्रम गरिने तयारी अघि बढाएको छ । वडाध्यक्ष जोशीका अनुसार उक्त कार्यक्रममा वडाका ६वटै टोलका समितिले सचेतनामुलक झाँकी प्रस्तुत गर्नेछन । दोस्रो दिन वडामा संकल्प सहितको मानव साङलो प्रस्तुत गरिनेछ । उदघा्टनकै दिन वडामा प्रहरी चौकी स्थापनार्थ सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्रराज गिरी, आर्थिक शाखा प्रमुख धर्मसिह विष्ट, प्रहरी सहायक निरीक्षक धामी सहितका प्रहरीलाई सम्मान गरिएको छ । साथै वडाका समसामयिक विषयमा संचारमाध्यमबाट मुद्दा उठान गर्ने पत्रकार मोहन विष्ट, भाष्कर केसी, मदन गिरी, धनसिह धामीलाई सम्मान गरिएको छ । लोक संस्कृति सरक्षणका लागि समेत स्थानीय, राष्ट्रिय कलाकारबाट सचेतनामुलक साँस्कृतिक कार्यक्रम प्रंस्तुत हुनेछ । बरिष्ठ उद्घोषकमा नविन सिह धामी, लोक तथा देउडा कालाकार लाल बहादुर धामी९अछामी बड्डो०, देउडा तर्फ लक्ष्मण अधिकारी, गणेश सिह, महेश कुमार जोशी, शेरे आउजी, मोडल नृत्यमा कल्पना लेखक रहेका छन । कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेको छ । राजमागदेखि चुरेसम्मै सीमा जोडिएको बेदकोट ८को दीगो विकास निर्माणका लागि थप बजेट आवश्यक भएकाले मागे अनुरुप माथिल्ला सरकारबाट दिनुपर्नेमा वडाध्यक्ष जोशीको सुझाव छ । कार्यक्रम उद्घाटनकै दिन १९औ गणतन्त्र दिवसको अवसरमा वडाभर प्रभातफेरी पनि गरिएको थियो । शनिबार थप विवित कार्यक्रम गरिनेछ ।

सम्बन्धित

Comments are closed.