होटल व्यवसायीलाई एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन तालिम सुरु

महेन्द्रनगर । नेपालको पर्यटन क्षेत्रलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने उद्देश्यले कञ्चनपुरमा एआई (कृत्रिम बुद्धिमत्ता) तथा सामाजिक सञ्जाल व्यवस्थापन तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा नेपाल पर्यटन बोर्डको सहयोग तथा होटेल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा कार्यक्रम भइरहेको हो ।

उक्त तालिमको सभाध्यक्षमा होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मी रहनु भएको थियो भने, प्रमुख अतिथीमा प्रमुृख जिल्ला अधिकारी लक्ष्मण ढकाल रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले कञ्चनपुरमा सञ्चालन भइरहेका एआई तथा सामाजिक सञ्जाल व्यवस्थापनजस्ता तालिमहरूले पर्यटन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । आजको युगमा पर्यटन प्रवद्र्धन केवल परम्परागत माध्यमबाट मात्र सम्भव छैन, डिजिटल प्लेटफर्मको प्रभावकारी उपयोग अनिवार्य भइसकेको छ ।

”उहाँले यस्ता तालिमहरूले होटल व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवालाहरू तथा युवाहरूलाई नयाँ अवसर सिर्जना गर्ने बताउँदै, प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

साथै, पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कञ्चनपुरलाई पर्यटकीय दृष्टिले अझ आकर्षक बनाउनेतर्फ सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी सभाध्यक्ष रेग्मीले “नेपालको पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै अगाडि बढाउन एआई र सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी तालिम अत्यन्तै उपयोगी साबित हुने बताउनु भयो ।

आजको प्रतिस्पर्धात्मक पर्यटन बजारमा डिजिटल माध्यमको सही प्रयोग बिना व्यवसायलाई अघि बढाउन कठिन छ।”उहाँले होटल तथा पर्यटन व्यवसायीहरूलाई यस्ता तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

साथै, उहाँले नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

तालिममा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी पर्यटन प्रवद्र्धन, डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको प्रभावकारी व्यवस्थापन, अनलाइन ब्रान्डिङ तथा पर्यटक आकर्षित गर्ने आधुनिक प्रविधिबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट होटल व्यवसायी, पर्यटन व्यवसायी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको तालिमले पर्यटन व्यवसायलाई प्रविधिसँग जोड्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

आयोजकका अनुसार पर्यटन क्षेत्रलाई डिजिटल प्रविधिसँग अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्न तालिम उपयोगी हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित

Comments are closed.