महेन्द्रनगर । निड्स नेपालले भीमदत्त नगरपालिका–१३ स्थित सोनाहा टोलमा सघन धान खेती प्रविधिको प्रयोग गर्दै धान रोपाइँ गरेको छ। कोइकाको पब्लिक प्राइभेट पार्टनरसिप अक्सफाम इन नेपालको प्राविधिक सहयोगमा संयुक्त साझेदारीमा संचालित इम्पावरिङ हर परियोजनाअन्तर्गत राधाकृष्ण महिला सशक्तीकरण समूहको सहकार्यमा सघन धान खेती प्रविधि र विगतदेखि अपनाउँदै आएको परम्परागत विधिबीच तुलना गर्ने उद्देश्यले धान खेती गरिएको हो।

परियोजनामार्फत किसानहरूलाई सघन धान खेती प्रविधिबारे व्यवहारिक ज्ञान तथा सीप प्रदान गर्दै कम बीउ, कम पानी र कम लागतमा बढी उत्पादन लिन सकिने प्रविधिको अभ्यास गराइएको आयोजकले जनाएको छ ।
संस्थाका कृषी अधिकृत कौशल भण्डारीले यस कार्यक्रमबाट स्थानीय महिला किसानहरू आधुनिक तथा उत्पादनमुखी कृषि प्रविधिप्रति आकर्षित हुने, उत्पादन लागत घट्ने र धानको उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको बताउनु भयो ।
साथै, सघन धान खेती प्रविधि प्रभावकारी देखिएमा आगामी वर्षहरूमा यसलाई अन्य किसान र समुदायमा समेत विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।
यसैगरी कृषी ज्ञान केन्द्र कञ्चनपुरका बाली विकास अधिकृत जागृत खनालले यो प्रविधिबाट धानमा गाँज बढी आउने, उत्पादन बढी दिने कम पानीमा पनि लगाउन मिल्ने बताउनु भयो ।
साथै कम विएामा उतपादन बढने भएर यो प्रविधि आज सिकाइ भएको बताउनु भयो । यसैगरी वडा अध्यक्ष रामचन्द्र बोहराले आफनो वडामा यो प्रविधीले राम्रो नतिजा दिएमा अन्य किसानहरुलाई पनि यो विषयमा जानकारी दिने बताउनु भयो ।
उक्त कार्यक्रमको सभाध्यक्षमा संस्थाका कोषाध्यक्ष विनिता लुहार रहनु भउको थियो भने परियोजनाका कृषी अधिकृत हेमन्त महरा, महिला सशक्तिकरण केन्द्र सहजकर्ता निर्मला कुमारी बम चन्दको सहभागिता रहेको थियो ।
Comments are closed.