महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा ‘रोजगार संवाद मञ्चः समृद्धिको रणनीतिक खाका’ कार्यक्रम सम्पन्न गरिएको छ । वेदकोट नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा नगर उपप्रमुख तुलसी जोशी रहनुभएको थियो ।
नगरपालिकामा एकीकृत सेवा प्रवाह कार्यविधि–२०८३ को प्रभावकारी कार्यान्वयन तथा निजी क्षेत्रसँगको साझेदारीलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा स्थानीय सरकार, निजी क्षेत्र, उद्योग–व्यवसायी तथा अन्य सरोकारवालाबीच रोजगारी सिर्जना, उद्यम विकास, सेवा प्रवाहको प्रभावकारिता र स्थानीय आर्थिक समृद्धिका लागि आवश्यक रणनीतिका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमलाइृ सम्बोधन गर्दै उपप्रमुख जोशीले वेदकोट नगरपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जना र उद्यमशीलताको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।
समृद्ध नगर निर्माणका लागि सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै, एकीकृत सेवा प्रवाह कार्यविधि–२०८३ को प्रभावकारी कार्यान्वयनबाट नागरिकले सहज, छिटो र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास लिएको बताउनु भयो ।
यस्ता रोजगार संवाद मञ्चले स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय बढाउँदै रोजगारीका अवसर विस्तार गर्न तथा नगरको दीर्घकालीन समृद्धिका लागि रणनीतिक योजना तयार गर्न महत्वपूर्ण योगदान पु¥याउने जानकारी गराउनु भयो ।
यसैगरी, वेदकोट नगरपालिकाका रोजगार सहायक भोजराज अवश्थीले आन्तरिक स्वरोजगार सिर्जना गर्न सिपयुक्त म्यानपावरलाई कसरी रोजगारमा जोडन सकिन्छ,
कसरी बढी भन्दा बढी रोजगामार तालिम पाएकालाइ जोडन सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । सहभागीहरूले सार्वजनिक–निजी साझेदारीमार्फत स्थानीय स्तरमा रोजगारीका अवसर विस्तार गर्दै दिगो आर्थिक विकास हासिल गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमले नगरपालिकाको समृद्धिका लागि रणनीतिक योजना निर्माण तथा प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
Comments are closed.