स्थानीय निकाय तथा सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा कार्यरत सामाजिक संस्था आफन्त नेपालले स्थानीय निकाय तथा सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठक सम्पन्न गरेको छ । बुधबार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, भीमदत्त नगरपालिकासँग सीमा जोडिएका वडाका वडा अध्यक्षहरू तथा जिल्लामा कार्यरत विभिन्न सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकमा सीमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार, बाल संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, जोखिममा रहेका महिला तथा बालबालिकाको संरक्षण, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गरिएको थियो ।

आफन्त नेपाल कञ्चनपुर शाखा प्रमुख सुनिता सिनालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, सुरक्षित आप्रवासन, बाल अधिकार संरक्षण तथा समुदायमा जनचेतना अभिवृद्धिका क्षेत्रमा गर्दै आएका गतिविधिबारे जानकारी गराइएको बताउनु भयो ।

आगामी दिनमा पनि स्थानीय सरकार तथा सुरक्षा निकायसँग सहकार्यलाई अझ सुदृढ बनाइ आफनो लक्ष्य अनुसारका कार्यक्रमहरु संचालन गरीने बताउनु भयो ।

सहभागीहरूले मानव बेचबिखन तथा अन्य सामाजिक अपराध न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच नियमित समन्वय, सूचना साझेदारी र संयुक्त पहल आवश्यक रहेकोमा जोड दिएका थिए।

साथै, सम्बन्धित निकायहरूबीच सूचना आदानप्रदान, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित

Comments are closed.