महेन्द्रनगर । कञ्चनपुरको अग्रणी शैक्षिक संस्था अमिटी कलेजले विभिन्न शैक्षिक कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र व्याचुलर ईन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम) कार्यक्रममा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
विद्यार्थीहरूले शैक्षिक क्षेत्रमा गरेको निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको कलेजले जनाएको छ । उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दा अन्य विद्यार्थीहरूमा पनि सकारात्मक प्रतिस्पर्धा, अध्ययनप्रतिको रुचि तथा थप मेहनत गर्ने प्रेरणा मिल्ने विश्वास कलेजले लिएको छ ।
सम्मान कार्यक्रममा कलेजका प्राचार्य, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल रविन्द्र प्रशाद अवश्थीले “विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक उपलब्धि केवल उनीहरूको व्यक्तिगत सफलता मात्र नभई अमिटी कलेज परिवारको पनि गौरवको विषय भएको बताउनु भयो ।
आज सम्मानित भएका विद्यार्थीहरूले निरन्तर मेहनत, अनुशासन र लगनशीलताका कारण यो सफलता हासिल गरेका उनीहरूको यो उपलब्धिले अन्य विद्यार्थीहरूलाई पनि अझ राम्रो नतिजा हासिल गर्न प्रेरणा दिने विश्वास लिएको बताउनु भयो ।
अमिटी कलेजले सधैं गुणस्तरीय, व्यावहारिक र समयसापेक्ष शिक्षा प्रदान गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेको बताउनु भयो । आगामी दिनमा पनि विद्यार्थीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास र प्रतिस्पर्धात्मक दक्षता बढाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भयो ।
सबै विद्यार्थीहरूलाई अझ उच्च लक्ष्य निर्धारण गरी इमानदारी, मेहनत र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो । व्याचुलर ईन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम) मा सातौ सेमेस्टरमा ४ जिपिए ल्याउन सफल छात्रा अमृता मल्लले आफुलाई कलेजले सम्मान गरेकामा धन्यवाद व्यक्त गर्नु भयो ।
साथै आगामी दिनमा अँझै उत्कृष्ट नतिजा ल्याउने हौसला मिलेको बताउँदै अमिटि कलेजले गर्दा आफ अहिले यो स्थानमा पुग्न सफल भएको बताउनु भयो ।
अहिले कञ्चनपुरमा टपर रहेका विद्यार्थीहरुको रोजाईमा अमिटी कलेज पर्न सफल भएको छ । २०२६ को इन्टेक भर्ना कार्यक्रममा महेन्द्रनगरका यी टपर विधार्थी महाकाली मोडर्न पब्लिक स्कुलकी टपर विधार्थी प्रतिक्षा पनेरु र लिटिल बुद्ध एकेडमीकी टपर विधार्थी पूर्णिमा भट्ट अहिले अमिटी कलेजमा अध्ययन गरीरहेका छन् ।
प्रशासनले उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि निरन्तर उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरेको थियो । साथै, गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष, सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न अमिटी कलेज निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।
Comments are closed.