महेन्द्रनगर । बझाङमा शनिबार जिप दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना सख्त घाइते भएका छन् ।
केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१(००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको जानकारी आएको केदारस्युँ गाउँपालिकाका विपद् फोकल पर्सन लेखराज रावलले जानकारी दिएका छन् । अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर दिपक विष्टले पनि तीन जना यात्रुको मृत्युको जानकारी प्राप्त भएको बताए । मृतकको पहिचान भएको छन् । दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ ।
Comments are closed.