समाजसेवी मल्लले ७२ जना विद्यार्थिहरूलाई स्कुल ट्रयाकसुट सहयोग गरे

महेन्द्रनगर । आफना जनतालाई केही समस्या पर्दा, अप्ठयारोमा रहँदा वडा सरकार जनप्रतिनिधीले हेर्नुपर्ने जिम्मेवारी दायित्व हुँदा पनि डडेल्धुरामा समाजसेवी विनय प्रकाश मल्ललाई आम जनताले खोज्ने गरेका छन् । किन भने समाजसेवी मल्लले काम नै त्यस्तै गर्नु भएको छ ।

बिरामी हुँदा समस्या हुँदा, अप्ठयारोमा हुँदा समाजसेवी मल्ललाई खोज्ने गरिन्छ आशाको केन्द्र नै समाजसेवी मल्लमा आएर रोकिन्छ । अहिले पनि समाजसेवी विनय प्रकाश मल्लले गसिरब जेहेन्दार दलित विद्यार्थीहरुलाई स्कुल ट्रयाकसुट सहयोग गर्नुभएको छ ।

गरीब जेहेन्दार ,आमा(बुवा गुमाएका ,शारीरिक रुपमा असक्त ७२ जना विद्यार्थिहरूलाई उक्त स्कुल ट्रयाकसुट सहयोग गरिएको हो ।डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरामा रहेको श्री उग्रतारा मा.वी तथा अमरगढी ३ चिरकीट्टेमा रहेको श्री शिद्धनाथ आधारभुत बिद्यालयमा अध्ययनरत गरिव, दलित, अपाङगता, आमा बुवा गुमाएका मिहिनेती विद्यार्थीहरुलाई थोरै भएपनी राहत मिलोस् भन्ने उद्देश्यले भानु जयन्तीको अवसरमा व्यक्तिगत तर्फ बाट स्कुल ट्रयाकसुट वितरण गरिएको उहाँले बताउनु भयो ।

श्री उग्रतारा मावीमा ३४ जनालाई र श्री शिद्धनाथ आधारभुत बिद्यालयमा ३८ जना गरी ७२ जनालाई स्कुल ट्रयाकसुट सहयोग गरीएको हो । आर्थिक अभावले समस्यामा रहेका गरिव, दलित, विपन्न परिवारका विद्यार्थीहरुले स्कुल ट्रयाकसुट पाएपछि हर्षित भएका छन्।

सम्बन्धित

Comments are closed.