महेन्द्रनगर । भीमदत्त नगरपालिकाले गैर सरकारी संस्था महासंघ कञ्चनपुर शाखालाई विभिन्न कार्यालय प्रयोजनका लागी आवस्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरेको छ । दैनिक कार्यालय संचालनमा सहयोग मिलोस भनी एक थान कप्युटर,एकथान प्रिन्टर,एकथान कुर्सी र टेबुल सहयोग गरेको हो ।
भीमदत्त नगरपालिको प्रागणमा भएको कार्यक्रममा भीमदत्त नगरपालिका कार्यवाहक नगरप्रमुख निलम लेखक जोशीले गैर सरकारी संस्था महासंघका अध्यक्ष अमिर तिरुवा लगायतको महासंघ टिमलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।
महासघले सधै हामी सरकारी निकायलाई सहयोग गरिरहेको र सरकारी निकाय नपुगेको ठाउमा समेत गई गैससहरुले काम गरिरहनु भएकोमा धन्यवाद दिएकी छिन र दैनिक कार्यालय संचालन गर्न र नागरिक समाजलाई अझै उचाईमा लैजानका लागी यो सामग्रीहरु सहयोगी हुनेछन भनेर धन्यवाद दिएका छन
त्यसैगरी गैसस महासंघका अध्यक्ष अमिर तिरुवाले पालिकालाई धन्यवाद दिदै २०७४ सालको पानीले महासंघका सबै भौतिक समानहरु नष्ट भएकोले महासंघलाई संचालनका लागी सामग्रीहरु कुनै पनि नभएको बेला यो ठुलो सहयोग हो भनी उपप्रमुख सहित लाई सहयोगका लागी धन्यवाद भनेका छन ।
उक्त कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत भीमदत्त नपा वडा न ३ र ४ का अध्यक्षहरु र जिन्सी फाटका प्रमुख लगायत महासंघका तर्फबाट गैसस महासंघका प्रदेश सदस्य बिमला भटट,महासंघका जिल्ला सचिव शारदा जोशी,सदस्यहरु सिता बोहरा,बिनोदबिक्रम जैरु,ईश्वर उपाध्याय लगायतको सहभागितामा सामग्रीहरु पालिकाले हस्तान्तरण गरेको थियो ।
Comments are closed.