बाजुरामा जिप दुर्घटना अपडेटस् २ जनाको मृत्यु, ७ घाइते, चालकसहित ४ को अवस्था मध्यम

महेन्द्रनगर । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडक खण्डमा आइतबार दिउँसो जिप दुर्घटनामा घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ भने सात जना घाइतेको कोल्टी अस्पताल बाजुरामा उपचार भइरहेको छ।

दिउँसो करिब १,२५ बजे धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सु।प।प्र।०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको थियो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कुवाडी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।दुर्घटनामा चालक जनविर बुढा सहित धर्मलाल बुढा , मिजरा बुढा र अम्मर सिंह बुढा मध्यम घाइते भएका थिए।

उनीहरूलाई हिमाली गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको थियो।उपचारकै क्रममा हिमाली गाउँपालिका–२, बाजुरा घर भएका धर्मलाल बुढा र ताजाकोट गाउँपालिका–५, हुम्ला घर भएका अम्मर सिंह बुढालाई चिकित्सकले साँझ ७,३५ बजे मृत घोषणा गरेका छन्।

दुर्घटनामा २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा सामान्य घाइते भएका छन्।

उनीहरूलाई पनि प्रहरीको सवारीमार्फत उपचारका लागि कोल्टी अस्पताल पठाएको थियो।प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित

Comments are closed.