कञ्चनपुरमा निगुरो खोज्न जंगल गएकी महिला बेपत्ता

महेन्द्रनगर ।कञ्चनपुरमा निगुरो खोज्न जंगल गएकी महिला बेपत्ता भएकी छन् । कृष्णपुर नगरपालिका–२ को बिरेन्द्र सामुदायिक वन क्षेत्रमा निगुरो खोज्न गएकी अन्दाजी ६२ वर्षीया केशरी बोहरा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर रावतले शुक्रबार निगुरो खोज्न जंगल गएकी बोहरा अबेर साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको बताए ।

खबर पाउनासाथ इलाका प्रहरी कार्यालय झलारी र गुुलरियाको टोलीले राती खोजी गरेको थियो तर उनी फेला नपरको रावतले बताए ।

शनिबार बिहानैदेखि फेरि स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले महिलाको खोजी थालेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.