पिआरसीद्वारा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको अवसरमा सीमा क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
शान्ति पुनर्स्थापना गृह Peace Rehabilitation Center–PRC शाखा कार्यालय महेन्द्रनगरको आयोजनामा १३औँ अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस २०२६ को अवसरमा नेपाल–भारत सीमा क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकीको ७ नम्बर पिल्लर नेपाल–भारत सीमा नाकामा आयोजित कार्यक्रममा शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक संजीत सिंहको अध्यक्षता रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म गड्डाचौकीका प्रमुख डिएसपी चुनराज थापा तथा प्रतिनिधि, इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख जीवन गुरुङ तथा प्रतिनिधि, भारतीय उत्तराखण्ड पुलिस Anti Human Trafficking Unit वनबासाका प्रमुख श्री नन्द किशोर बचकोटी तथा प्रतिनिधि,

भारतीय एस।एस।बी। Anti Human Trafficking Unit का प्रमुख तथा प्रतिनिधि, भारतीय संस्था Social Work and Research Centre का प्रमुख तथा प्रतिनिधि, जिल्ला विधिक सेवा प्राधिकरण चम्पावतका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा यातायात व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन शान्ति पुनर्स्थापना गृहका परामर्शदाता लक्ष्मी चौधरीले गर्नुभएको थियो। त्यसपछि कार्यक्रममा एच्ऋ का सुपरभाइजर मनिषा न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य प्रस्ट्याउँदै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत र धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै भारतीय संस्था Social Work and Research Centre का प्रमुख श्री जनक चन्दले मानव बेचबिखनको वर्तमान अवस्था, सीमा क्षेत्रका चुनौती तथा जोखिममा रहेका महिला तथा बालबालिकाको संरक्षणमा यातायात व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समयमै सूचना प्रवाह गरी सम्भावित घटनाहरू रोक्न सबैलाई आह्वान गर्नुभयो।
जिल्ला विधिक सेवा प्राधिकरण चम्पावतका प्रमुख श्री अर्जुन सिंहले नेपाल र भारतबीच मानव बेचबिखन न्यूनीकरणका क्षेत्रमा आफ्नो संस्थाले पुर्याउँदै आएको योगदानबारे जानकारी गराउँदै आगामी दिनमा पनि नेपाली संघसंस्थासँग सहकार्य गरी रोकथाम तथा नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख श्री जीवन गुरुङले सीमा क्षेत्रमा शान्ति पुनर्स्थापना गृहले बिना बर्दीका प्रहरी सरह दिनरात खटिएर मानव बेचबिखन न्यूनीकरणमा पुर्याउँदै आएको योगदानप्रति आभार व्यक्त गर्दै “समयमै प्राप्त हुने एउटा सूचनाले एक चेलीको जीवन रक्षा गर्न सक्छ” भन्ने सन्देश दिनुभयो।
उहाँले मानव बेचबिखन नियन्त्रणका लागि नागरिक र सरोकारवाला निकायबीचको समन्वय अत्यन्त आवश्यक रहेको बताउनुभयो।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म गड्डाचौकीका प्रमुख डि।एस।पी। चुनराज थापाले मानव बेचबिखन एउटा संगठित अपराध भएकाले कुनै एक निकायको प्रयासले मात्र यसलाई नियन्त्रण गर्न सम्भव नभएको उल्लेख गर्दै सबै निकायको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
उहाँले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले मानव बेचबिखन रोकथाम तथा न्यूनीकरणका लागि आफ्नो क्षेत्रबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक श्री संजीत सिंहले PRC ले नेपालको पूर्वदेखि पश्चिमसम्म मानव बेचबिखन न्यूनीकरण, प्रभावित महिला तथा बालबालिकाको उद्धार, संरक्षण, पुनःस्थापना, कानुनी सहायता तथा सुरक्षित आप्रवासनका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो।
उहाँले गड्डाचौकी सीमा नाकामा सहकार्य गरिरहेका सम्पूर्ण निकायहरूप्रति आभार व्यक्त गर्दै मानव बेचबिखन न्यूनीकरण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
जोखिममा परेका महिला तथा बालबालिकाको जीवन रक्षा, उद्धार, संरक्षण र उचित व्यवस्थापनका लागि सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै एच्ऋ यस कार्यमा सदैव प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सहभागी सरोकारवाला निकायहरूबाट हस्ताक्षर संकलन गरी मानव बेचबिखन विरुद्धको अभियानलाई सशक्त बनाउन तथा १३औँ अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस सफल पार्न सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
Comments are closed.