कञ्चनपुरको विकासका महत्वपूर्ण आयोजनाबारे छलफल

डिल्लीराज पन्त

महेन्द्नगर । कञ्चनपुरको दोधाराचाँदनी क्षेत्रमा निर्माणाधीन सुख्खा बन्दरगाह तथा दैजी–छेला औद्योगिक क्षेत्रको निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव, उद्योग मन्त्रालयका सचिव तथा नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडका प्रतिनिधिहरूसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

छलफलमा कञ्चनपुरको आर्थिक विकास, रोजगारी सिर्जना, व्यापार–व्यवसाय विस्तार तथा औद्योगिकीकरणका लागि यी दुवै आयोजना अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक पहल, समन्वय र सहकार्यका विषयमा विस्तृत रूपमा विचार–विमर्श गरिएको कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधीसभा सदस्य ज्ञानेन्द्र सिंह महता ले जानकारी दिनुभएको छ ।

सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि आयात–निर्यात प्रक्रियामा सहजता आउने, व्यापार लागत घट्ने तथा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। त्यसैगरी, दैजी–छेला औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि उद्योग स्थापना, लगानी प्रवर्द्धन तथा स्थानीय स्तरमा रोजगारीका अवसर वृद्धि हुने विश्वास व्यक्त गरिएको छ।

छलफलमा सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय गर्दै आयोजनाहरूलाई निर्धारित समयमै सम्पन्न गरी जनताले प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण बनाउन विशेष जोड दिइएको थियो।

सम्बन्धित

Comments are closed.