वेदकोटमा स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय वार्षिक समीक्षा सुरु

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। आर्थिक वर्ष २०८२र८३ मा नगरपालिकाअन्तर्गत सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको दुईदिने वार्षिक समीक्षा कार्यक्रम सुरु भएको हो।कार्यक्रमको अध्यक्षता वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले गर्नुभएको थियो भने नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यता रहेको थियो। यस्तै, नगर उपप्रमुख तुलसी जोशीको विशिष्ट आतिथ्यता रहेको थियो।

समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा समीक्षा तथा छलफल भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

गत आर्थिक वर्षमा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको उपलब्धि र चुनौतीको समीक्षा गर्दै आगामी दिनमा देखिएका कमजोरी सुधार गरेर स्वास्थ्य सेवा अझ प्रभावकारी र नागरिकमैत्री बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

साथै, नगरवासीलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। विषेश गरेर सुरक्षित मातृदर राम्रो देखिएको र आमा र बच्चाको मृत्युदर घटेको गौरवमय विषय रहेको बताउनु भयो ।

यसैगरी वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले गत वर्षमा सम्पन्न गरएिको कार्यक्रमको उपलब्धी चुनौती के कस्तो रहयो भन्ने विषयमा समिक्षा भएको बताउनु भयो ।

साथै विगत तिन वर्षमा जुन कार्यक्रममा प्रगती कम भएको छ उक्त कार्यक्रमहरुको कार्य योजना बनाएर कसरी लक्ष्य हासिल गर्न सकिन्छ भनेर पनि छलफल हुने बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको छ।

दुईदिने समीक्षाबाट स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिको मूल्याङ्कन गर्दै आगामी वर्षका स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना तय गरिने जनाइएको छ।

सम्बन्धित

Comments are closed.