महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ।भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयका शिक्षक तथा कर्मचारीहरूले नगद सहयोग गरेका हुन्।

बिहीबार विद्यालयमा कार्यरत ७२ जना शिक्षक तथा कर्मचारीले संकलन गरेको ५१ हजार ६ सय ९८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।विद्यालयका प्रिन्सिपल चुडामणि शर्माले देशमा आएको विपद्का बेला सबैले आ–आफ्नो तर्फबाट केही न केही सहयोग गर्नुपर्ने बताउनुभयो।

उहाँले विपद्का बेला प्रभावितको पीडामा साथ दिनु सामाजिक उत्तरदायित्वसमेत भएकाले शिक्षक तथा कर्मचारीको सहभागितामा राहत रकम सहयोग गरिएको बताउनुभयो।
Comments are closed.