महेन्द्रनगर । कञ्चनपुरमा रहेको प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय, महेन्द्रनगरले बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ।
रसुवा, धादिङ र नुवाकोटमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि संस्थाले नगद सहयोग गरेको हो।
“एक थोपा हामीले पनि थपेका छौँ” भन्ने भावनासहित ईश्वरीय परिवारका तर्फबाट २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।
विपद्को समयमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले आफूहरूले सहयोग गरेको संस्थाले जनाएको छ। साथै, मानवीय सेवामा सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा समेत संस्थाले जोड दिएको छ।
Comments are closed.