भीमदत्त १८ ले भोटेकोशी, त्रिशुली वाढीपीडितलाई नगद १ लाख सहयोग गर्ने

महेन्द्रनगर ।कञ्चनपुरको भीमदत्त नगरपालिका १८ ले भोटेकोशी, त्रिशुली वाढीपीडितलाई नगद सहयोग गर्ने भएको छ । रसुवाको भोटेकोशीमा आएको कहाली लाग्दो विनाशकारी बाढीबाट प्रभावितहरुलाई नगद १ लाख रुपैँया सहयोग गर्ने निर्णय भएको वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले बताउनु भयो ।

बाढीका कारणले ज्यान गुमाएका सम्पूर्ण नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त बाढीमा बेपत्ता भएका नागरिकरहरुको शीघ्र खोज तथा उद्दार र घाइतेहुने नागरिकहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरिएको उहाँले बताउनु भयो ।

रसुवाको भोटेकोशी लगायत धादिङ र नुवाकोटमा बाढीबाट पीडित भएका नागरिकहरुका लागि राहत स्वरुप यस वडाको वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत रहेको विपद् व्यवस्थापन शीर्षकबाट खर्च हुने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद एक लाख आर्थिक सहयोग गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.