महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेको छ। वडा अध्यक्ष चित्रदेव भट्टको सक्रियतामा वडाभित्र रहेका विभिन्न संघसंस्था तथा सहकारीहरूसँग समन्वय गरी बाढीपीडितका लागि २ लाख ३० हजार रुपैयाँ संकलन गरिएको हो।

संकलित उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष ९प्रधानमन्त्री राहत कोष मा जम्मा गरिएको वडा अध्यक्ष भट्टले जानकारी दिनुभयो। बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी सरकारको राहत कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो।
वडा अध्यक्ष भट्टले विपद्का बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न वडाका संघसंस्था, सहकारी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
Comments are closed.