ओसिस मन्टेस्वरीमा गौरा पर्व र कृष्ण जन्माष्टमी विशेष कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको ओसिस मन्टेस्वरीले सुदूरपश्चिमको मौलिक पर्व गौरा तथा हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व कृष्ण जन्माष्टमी भव्यताका साथ मनाएको छ । आफनै विद्यालय परिसरमा आयोजित कार्यक्रममा साना नान िबाबुहरु र शिक्षिकाहरुले गौरा नाच, कृष्ण जन्माष्टमी विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरूले गौरा पर्वको मौलिक संस्कृति र परम्परालाई झल्काउने नृत्य तथा प्रस्तुति दिएका थिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा र धार्मिक महत्वबारे जानकारी गराउनुका साथै आफ्नो मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा समेत सहयोग पुग्ने विद्यालयका संस्थापक प्रिन्सिपल सविना भट्टले जानकारी दिनुभयो ।

अध्ययनसँगै विद्यार्थीहरूलाई कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले विभिन्न अवसरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको उहाँको भनाई रहेको छ ।

उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा सांस्कृतिक चेतनाको विकास गर्नुका साथै आफ्नो मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन र उनीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.