महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का हिक्मतबहादुर पाल विगत १२ दिनदेखि रसुवामा आएको बाढीमा बेपत्ता भएपछि उनको परिवारमा बज्रपात परेको छ।
नेपाली सेनामा कार्यरत २४ वर्षीय हिक्मतबहादुर रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका हुन्। घरका एक्ला छोरा बाढीमा बेपत्ता भएपछि परिवारमा सन्नाटा छाएको छ भने आफन्तजन गहिरो चिन्तामा छन्। बाढी आएको दिनदेखि नै हिक्मतबहादुरको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ।
छोराको सकुशल उद्धार हुने आशामा परिवारजन दिनरात प्रतीक्षामा छन्। घरको सहारा र भविष्यको आशाका रूपमा रहेका २४ वर्षीय छोरा बेपत्ता भएपछि परिवारको पीडा झन् गहिरिएको छ।
आफन्तहरू हिक्मतबहादुरको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरिरहेका छन्।
Comments are closed.