महेन्द्रनगर । कञ्चनपुरमा ११औँ संविधान दिवस–२०८३ को अवसरमा बजार परिक्रमा तथा कोणसभा आयोजना गरिएको छ । शनिबार भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको नेतृत्वमा बजार परिक्रमा गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र महता प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला, भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, उद्योग वाणिज्य संघलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति कञ्चनपुरको कार्यालयबाट सुरु भएको बजार परिक्रमा महेन्द्रनगर बजारका विभिन्न क्षेत्र हुँदै मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र महताले कोणसभालाई सम्बोधन गर्दै उहाँले संविधान प्राप्तीका लागी ज्यान गुमाउनु हुने सम्पुर्ण ज्ञमत अज्ञात शहिद प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
साथै संविधानमा भएका त्रुटीहरुलाई जनताहरुको माग अनुसार सच्चाउने मात्रै होईन पुर्नलेखन पनि गर्न सकिने बताउनु भयो । साथै संविधानलाई बाहिरी तत्वबाट खतरा रहेको भन्ने भ्रम मात्रै रहेको बताउनु भयो । संविधानको रक्षा गर्न सम्पुर्ण तिन करोड नेपालीहरुको दायित्व रहेको बताउनु भयो ।
संविधानले नागरिकका मौलिक अधिकार सुनिश्चित गर्नुका साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताउनुभयो । यसैगरी जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले संविधानको प्रभावकारी कार्यान्वयनसँगै जनताका अधिकार, सुशासन, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले संविधान दिवसलाई केवल औपचारिक रूपमा मनाउने दिनका रूपमा नभई संविधानका मूल भावना र उपलब्धिको समीक्षा गर्दै यसको संरक्षण र कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार बन्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
साथै, संविधानले दिएको अधिकारको अनुभूति आम नागरिकले व्यवहारमै गर्न सक्ने वातावरण निर्माण गर्न राज्यका सबै तह र निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ । संविधान जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ।
Comments are closed.