थर्डआई डेभेलोपमेन्ट सेन्टरको ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको थर्डआई करियर डेभेलोपमेन्ट सेन्टरले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको शारीरिक तन्दुरुस्ती परीक्षामा सफल भएका आफ्ना विद्यार्थीहरूलाई लक्षित गर्दै ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरेको छ।

सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा भर्तीका लागि आवश्यक शारीरिक तन्दुरुस्ती तथा अन्य चरणमा सफल भएका विद्यार्थीहरूको हौसला बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

थर्डआई करियर डेभेलोपमेन्ट सेन्टरका संचालक चेतराज पन्तले कञ्चनपुर र कैलालीबाट गरी एक सयभन्दा बढी विद्यार्थीहरू नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको शारीरिक तन्दुरुस्तीमा नाम निकाल्न सफल भएपछि उनिहरुको हौसला प्रदान गर्न यो कार्यक्रमको आयोजना गरएिको बताउनु भयो ।

सफल विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गर्दै आगामी दिनमा पनि उनीहरूलाई थप प्रोत्साहन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहााको भनाई रहेको छ ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो । सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै उनीहरूको आगामी सेवाकाल सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गरिएको थियो।

साथै, सेन्टरले विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासकै कारण सफलता हासिल गर्न सम्भव भएको जनाएको छ।

सम्बन्धित

Comments are closed.