मर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलले सर्वाधिक धनराशीको क्रिकेटको आयोजना गर्ने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको मर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलले सर्वाधिक धनराशीको क्रिकेटको आयोजना गर्ने भएको छ । विद्यालयले जिल्ला क्रिकेट संघ कञ्चनपुरको समन्वयमा सुदूरपश्चिम प्रदेश स्तरीय ग्लोरी कप टी २० क्रिकेट टुर्नामेन्ट २०८३ प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

यो खेलमा बिजेता टिमले एक लाख २१ हजार एक सय ११ रुपैँया सहित ट्रफी पाउनेछ भने, उप बिजेतालाई ७१ हजार एक सय ११ रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रदेशका प्लस टु सञ्चालन भएका सबै बिद्यालयलाई प्रतियोगितामा सहभागी गराउने प्रयास गरिएको विद्यालयका प्रिन्सिपल चुडामणि शर्माले जानकारी दिनुभयो ।

अहिले क्रिकेटको क्रेज पनि राम्रो रहेको र राष्ट्रिय टिममा पनि अधिकाँश खेलाडीहरु सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने भएकाले पनि विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने र उनिहरुमा रहेको प्रतिभा प्रष्फुटन उदेश्य पनि रहेको उहाँले बताउनु भयो ।

विद्यार्थीलाई नियमित पठनपाठन बाहेक खेलकूद पनि अवश्यक भएको र क्रिकेट खेलको बिकास र खेलाडी उत्पादन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रिन्सिपल शर्माले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको क्रिकेट खेलको बिकास होस भन्ने हो, यसले नया खेलाडी उत्पादन हुने विश्वास लिएका छौ’ उनले भने । प्रतियोगितामा सहभागी हुन चाहने टीमले असोज २७ गतेसम्म टीम दर्ता गर्न पर्ने समय तोकिएको छ ।

टीम दर्ताका लागि १० हजार शुल्क राखिएको छ । मंसिर ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको छ । बिद्यालयका प्रीन्सिपल शर्माले सुदूरपश्चिमका सबै जिल्लाका १२ कक्षा सम्म पठनपाठन हुने बिद्यालयमा सहभागिताका लागि पत्र पठाइएको जानकारी दिए ।

सम्बन्धित

Comments are closed.