समुदायका समस्या समाधानका लागि सरोकारवालासँग निड्स नेपालको पैरवी बैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल (निड्स नेपाल) ले समुदायमा रहेका विभिन्न समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक सम्पन्न गरेको छ । कोइका र अक्सफाम नेपालको सहयोग तथा निड्स नेपालको आयोजनामा सञ्चालित ‘इम्पावरिङ हर’ कार्यक्रम अन्तर्गत उक्त पैरवी बैठक आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता निड्स नेपालका उपाध्यक्ष तारादेवी धामीले गर्नुभएको थियो ।

कार्यक्रममा भीमदत्त नगरपालिका–१४ का वडा अध्यक्ष भोजराज जोशी, भीमदत्त नगरपालिका–१३ का वडा अध्यक्ष रामबहादुर बोहरा, भीमदत्त नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कुन्ती लेखक, विपद् सम्पर्क व्यक्ति मनोज भट्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला सेलका प्रतिनिधि नारायणदत्त पाण्डेय लगायत वडा नम्बर १३ र १४ का महिला समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।

समुदायस्तरमा देखिएका समस्या पहिचान गरी त्यसको समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउने तथा महिलाहरुको वकालत र पैरवी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको कार्यक्रम संयोजक नबिन भट्टले जानकारी दिनु भयो । बैठकमा समुदायमा रहेका महिला तथा अन्य नागरिकका समस्या, सेवा प्रवाहको अवस्था, महिला अधिकार, लैंगिक हिंसा, विपद्को समयमा महिला तथा बालबालिकाले भोग्नुपर्ने समस्या लगायतका विषयमा सरोकारवालासँग छलफल गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा महिला तथा बालबालिकासँग सम्बन्धित समस्या समाधानमा स्थानीय तहको भूमिका, महिला हिंसा न्यूनीकरण, विपद्को समयमा महिला तथा बालबालिकाको सुरक्षा, आवश्यक सेवा तथा सहयोगमा पहुँच र समुदायका महिलाहरुको निर्णय प्रक्रियामा सहभागिताका विषयमा छलफल गरिएको थियो ।

महिला तथा बालबालिकाले आफ्ना अधिकारका विषयमा जानकारी पाउनुपर्ने र समस्या परेका बेला सम्बन्धित निकायसम्म पुगेर आफ्ना कुरा राख्न सक्ने क्षमता विकास गर्नुपर्ने भीमदत्त नगरपालिका १३ की राधाकृष्ण महिला शसक्तिकरण समुहकी संयोजक लक्ष्मी चन्द सिंहले जानकारी दिनुभयो ।

समुदायमा समस्या भए पनि कतिपय अवस्थामा सम्बन्धित निकायसम्म आफ्ना माग तथा समस्या प्रभावकारी रुपमा पु¥याउन नसक्दा समस्या समाधानमा ढिलाइ हुने भएकाले महिला समूह तथा समुदायका अगुवाहरुको क्षमता विकास आवश्यक रहेको भीमदत्त नगरपालिका १४ मा रहेको शुक्लाफाँटा महिला शसक्तिकरण समुहकी सचिव शारदा खातीले बताउनु भयो ।

पैरवी बैठकमा सहभागी स्थानीय महिला समूहका सदस्यहरुले आफूहरुले समुदायमा देखिएका समस्या पहिचान गरी सम्बन्धित निकायसमक्ष पु¥याउँदै आएको र आगामी दिनमा अझ प्रभावकारी ढंगले वकालत तथा पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

महिलाहरुले आफ्ना अधिकार तथा आवश्यकताका विषयमा खुलेर आवाज उठाउन सके स्थानीय तहबाट उपलब्ध हुने सेवा तथा सुविधामा समेत सहज पहुँच पुग्ने धारणा राखिएको थियो ।

भीमदत्त नगरपालिका–१३ र १४ का महिला समूहलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा विषयगत शाखाका प्रतिनिधिहरुले समुदायबाट उठाइएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित

Comments are closed.