कञ्चनपुरमा विभिन्न स्थानमा सलहको ठुला झुण्ड

कञ्चनपुरमा विभिन्न स्थानमा सलहको ठुला झुण्ड
महेन्द्रनगर, २ साउन
कञ्चनपुरमा विभिन्न स्थानमा सलहको ठुला झुण्ड देखिएका छन् । कञ्चनपुरको बेलौरी, पुर्नवास लगायतका क्षेत्रमा सुरुमा देखिएको सलह किरा शुक्रवार कञ्चनपुरको भीमदत्त नगरमपालिका र वेदकोट नगरपालिकाका विभिन्न वडाहरुमा देखिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलामा शुक्रवार दिउसो सलहको ठुलो झुण्ड देखिएको भुजेलाका एक जना स्थानीय केशबदत्त जोशीले शुक्लाफाँटा एफ्।एमलाई जानकारी दिनु भयो । शुक्लाफाँटा एफ्।एमसंग कुराकानी गर्नुहुदै स्थानीय जोशीले आफुहरुले अहिले विभिन्न वस्तुहरुको प्रयोग गरेर ठुलो आवाज निकाली सलह किरा धपाउने प्रयास गरेको बताउनु भयो । यसैगरी कञ्चनपुरकै वेदकोट नगरपालिका वडा नम्बर १ मा समेत सलक किराको ठुलो झुण्ड देखा परेको छ । सलह किराको झुण्ड देखिएपछि आफुहरुले धपाउने काम गरेको स्थानीयहरुले बताएका छन् । सलक किरा ठुलो संख्या झुण्डमा रहने भएकाले बालीनालीमा ठुलो नोक्सानी पु¥याउने गर्दछन्

सम्बन्धित

Leave A Reply

Your email address will not be published.